कीवर्डहरू -

एनसेललाई पनि भुक्तानी सेवा प्रदायकको अनुमति

एनसेललाई पनि भुक्तानी सेवा प्रदायकको अनुमति

निजी क्षेत्रको अग्रणी मोबाइल सेवा प्रदायक एनसेलले पनि भुक्तानी सेवा प्रदायकको संचालनको अनुमति पाएको छ ।

सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमा एनसेललाई सहायक कम्पनी स्थापना गरी भुक्तानी सेवा प्रदायकको स्वीकृती दिइएको उल्लेख गरिएको छ ।

‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र एनसेल प्राइभेट लिमिटेडलाई सहायक कम्पनी स्थापना गरी भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्न स्वीकृति दिएको छ,’ आर्थिक सर्वेक्षणमा भनिएको छ ।

यसअघि राष्ट्र बैंकले नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सयुक्त लगानी रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनीले लिमिटेडलाई भुक्तानी सेवा प्रदायकको रूपमा कार्य गर्न अनुमति दिएको छ ।

नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडको नमस्ते पे वालेट सञ्चालनमा आउने अन्तिम तयारीमा रहेको छ ।

त्यस्तै सरकारी तथा निजी क्षेत्रबाट प्रवाह हुने सेवा र कारोबार विद्युतीय माध्यमबाट सञ्चालन गर्न नेशनल पेमेनट गेटवेसम्बन्धी सर्भर स्थापना गरी विद्युतीय भुक्तानी सञ्चालन ५ वटा बाणिज्य बैंकहरुलाई त्यस प्रणालीमा आबद्ध गरी हाल महालेखा नियन्त्रक कार्यालयको ईलेक्ट्रोनिक फण्ड ट्रान्सफर प्रणालीको एपिआईसँग आबद्ध गर्ने कार्य भईरहेको सर्वेक्षणमा उल्लेख गरिएको छ ।