कीवर्डहरू -

सरकारी कर्मचारीहरुको ११ हजार इमेल ठेगाना सरकारको केन्द्रीय इमेल प्रणालीमा आवद्ध

सरकारी कर्मचारीहरुको ११ हजार इमेल ठेगाना सरकारको केन्द्रीय इमेल प्रणालीमा आवद्ध

गत फागुसम्म सरकारी कर्मचारीहरुको ११ हजार इमेल ठेगाना सरकारको केन्द्रीय इमेल प्रणालीमा आवद्ध गरिएको छ ।

सरकारले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमा विभिन्न निकायका कर्मचारीहरुको ११ हजार इमेल ठेगानालाई सरकारको केन्द्रीय इमेल प्रणालीमा आबद्ध गरी व्यवस्थापन गरिएको उल्लेख छ ।

नेपाल सरकारका कर्मचारीहरुको इमेलको आधिकारिकता र सुरक्षा सुनिश्चित गर्न विभिन्न निकायका कर्मचारीहरुको ११ हजार इमेल ठेगानालाई सरकारको केन्द्रीय इमेल प्रणालीमा आबद्ध गरी व्यवस्थापन गरिएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

साथै सरकारले ११ हजार इमेलको सुरक्षाका लागि आवश्यक सफ्टवेयर समेत जडान गरिएको सर्वेक्षणमा बताइएको छ ।