कीवर्डहरू -

कोरोनाको दोस्रो लहरसँगै नेपाल टेलिकमको डेटा खपत ३० प्रतिशतले वृद्धि

कोरोनाको दोस्रो लहरसँगै नेपाल टेलिकमको डेटा खपत ३० प्रतिशतले वृद्धि

कोरोना संक्रमणले सबैजना घरभित्र बसिरहँदा इन्टरनेट उपभोगमा वृद्धि भइरहेको छ । व्यक्तिगत खपतदेखि कार्यालय र अनलाइन कक्षा सञ्चालनले इन्टरनेट खपत बढेको हो ।

कोरोना संक्रमणको दोस्रो लहरपछि नेपाल टेलिकमको इन्टरनेट खपत ३० प्रतिशतले वृद्धि भएको हो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीका अनुसार कोरोना संक्रमणको दोस्रो लहरपछि डेटा खपत ३० प्रतिशतले वृद्धि भएको छ । सरकारले वैशाख १६ देखि देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो ।

डेटा खपत बढेसँगै टेलिकमले आफूलाई चाहिने व्यान्डविथ पनि वृद्धि गरिरहेको छ। अधिकारीकाअनुसार लोकल र अन्तर्राष्ट्रिय व्यान्डविथको व्यवस्थापन गरेर केस सर्भरको क्षमता वृद्धि गर्ने काम गरिरहेका छन्।

अहिले व्यान्डविथको सप्लाई र डिमान्डमा सन्तुलन भइरहेकोले डेटा व्यवस्थापनमा अप्ठारो नपरेको उनले बताए । डेटा खपत बढिरहेकोले केही अन्तर्राष्ट्रिय व्यान्डविथ थप्ने काम अगाडि बढाएको अधिकारीले बताए ।
नेपाल टेलिकमले कोरोना संक्रमणको दोस्रो लहरसँगै उपभोक्तालाई सहज होस् भनेर विभिन्न अफर, प्याकेज उपलब्ध गराएको छ ।