कीवर्डहरू -

३८ हजारबढी स्वास्थ्यकर्मीले लिए टेलिकमको निशुल्क भ्वाइस सेवा, तपाई छुट्नु भयो की ? 

‘अहिले कसैलाई सहयोग गर्नुपर्छ भने स्वास्थ्य क्षेत्रका जनशक्तिलाई गर्नुपर्छ’

३८ हजारबढी स्वास्थ्यकर्मीले लिए टेलिकमको निशुल्क भ्वाइस सेवा, तपाई छुट्नु भयो की ? 

नेपाल टेलिकमले कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई उपलब्ध गराएको निशुल्क भ्वाइस कल सेवा निकै लोकप्रिय बनेको छ ।

टेलिकमले कोरोना संक्रमणमा सबैभन्दा धेरै खटिएका चिकित्सक, नर्स, फार्मेसिष्टिलगायत स्वास्थ्य क्षेत्रका कर्मचारीलाई उपलब्ध गराएको एक महिने निशुल्क भ्वाइस कल सेवा लिनेको संख्या ३८ हजार नाघिसकेको छ ।

यो स्किममा सहभागित हुने स्वास्थ्यकर्मीको संख्या उत्साहजनक रहेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले बताए ।

‘अहिलेसम्म ३८ हजारभन्दा धेरै स्वास्थ्यकर्मी यसमा जोडिनु भएको छ,’ अधिकारीले भने, ‘यो स्किलम धेरै लोकप्रिय भएको छ । जोडिने संख्या तीव्र वृद्धि भएको छ ।’

नेपाल टेलिकमले ‘धन्यवाद स्वास्थ्यकर्मी’ अफर टेलिकमको पोष्टपेड तथा प्रिपेड दुबै सिममा उपलब्ध गराएको छ । यस अफरमा जोडिएपछि आफ्नो मोबाइल नम्बरबाट एक महिनासम्म नेपाल टेलिकमको नेटवर्कभित्र जुनसुकै समयमा निशुल्क सेवा दिन उपभोग गर्न सकिन्छ ।

‘अहिले कसैलाई सहयोग गर्नुपर्छ भने स्वास्थ्य क्षेत्रमा लागेका जनशक्तिलाई गर्नुपर्छ,’ प्रबन्ध दिर्नेशक अधिकारीले भने, ‘स्वास्थ्य क्षेत्रको जनशक्ति मोटिभेट नभएसम्म यो महामारीसँग लड्नै सकिदैन । अग्रपंक्तिको सिपाई भनेको उहाँहरु नै हो ।’

‘अहिले कसैलाई सहयोग गर्नुपर्छ भने स्वास्थ्य क्षेत्रमा लागेका जनशक्तिलाई गर्नुपर्छ,’ प्रबन्ध दिर्नेशक अधिकारीले भने, ‘स्वास्थ्य क्षेत्रको जनशक्ति मोटिभेट नभएसम्म यो महामारीसँग लड्नै सकिदैन । अग्रपंक्तिको सिपाई भनेको उहाँहरु नै हो ।’

स्वास्थ्यकर्मीलाई सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउँदै टेलिकमले पनि उनीहरुलाई कर्पोरेट कम्पनीका हिसाबले सहयोग गरेको बताए ।

स्वास्थ्य क्षेत्रमा काम गर्ने नर्स, चिकित्सक वा त्यस क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई यो बेलामा धेरै सम्पर्क गर्नुपर्ने अवस्था छ । धेरै स्वास्थ्यकर्मीको विरामी परामर्शमा धेरै फोनको प्रयोग पनि गरिरहनु परेको छ ।

यो रोग भेटेरभन्दा पनि सम्पर्कमा परामर्श दिन सकिने अवस्थाको छ । ‘उहाँहरुलाई यो बेला धेरै नै सोधपुक्ष भइहरको छ,’ अधिकारीले भने, ‘निशुल्क भ्वाइस कल सुविधा दिदा उहाँहरुलाई धेरै नै राहत भएको प्रतिक्रिया पाएका छौं ।’

आमजनतालाई परामर्श दिएर जोखिमलाई न्यूनिकरण गर्ने र विरामीलाई उपचार गर्ने माध्यम मोबाइल बनेको छ। स्वास्थ्य उपचारमा मोबाइल सेवाले भरपर्दो र प्रभावकारी बनाउछँ भन्ने उद्देश्यले यो सेवा उपलब्ध गराएको उनको भनाइ छ ।

‘स्वास्थ्यकर्मीलाई यसले प्रोत्साहन गर्ने भएकाले उहाँहरुलाई यो सेवा दिदा हामीलाई केही चिज दिए जस्तो अनुभव भएको छ,’ अधिकारीले भने, ‘उहाँहरुलाई अहिले सहयोगको आवश्यकता छ ।’

टेलिकमले यो सेवा उपलब्ध गराउन नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिललगायतका स्वास्थ्य संस्थासँग सहकार्य गरिरहेको छ । उनीहरुको सिफारिसका आधारमा स्वास्थ्यकर्मीले निशुल्क भ्वाइस कल सेवा लिन पाउँछन् ।

स्वास्थ्यकर्मीहरुको सूची र मोबाइल नम्बरसहितको आधिकारिक पत्र स्वास्थ्यसँग सम्बन्धित परिषद्हरुले आफ्नो लेटर हेडमा नेपाल टेलिकमलाई उपलब्ध गराएपछि यो अफर लिन पाइन्छ ।

आफ्नो नाममा टेलिकमको सिमकार्ड नहुने स्वास्थ्यकर्मीहरुले नयाँ सिमकार्ड लिन सम्बन्धित परिषद्को आधिकारिक लेटर प्याडमा स्वास्थ्यकर्मीको नाम तथा विवरण उल्लेख गरी नेपाल टेलिकमलाई उपलब्ध गराउनु पर्नेछ ।

साथै, स्वास्थ्यकर्मीको सम्बन्धित परिषद्को परिचय पत्रका आधारमा नयाँ सिमका लागि भर्नुपर्ने फारम नियमानुसार भरी नेपाल टेलिकमको नजिकको काउन्टरबाट तत्कालै निःशुल्क सिम प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।

नेपाल मेडिकल काउन्सिलले वेबसाइटको फर्म राखिदिएको छ । त्यो फर्म भेरेर काउन्सिलले नेपाल टेलिकममा उपलब्ध गराउँछ । त्ययसपछि मात्र नेपाल टेलिकमले सेवा उपलब्ध गराउँछ ।

स्वास्थ्यकर्मीले यसरी लिनुहोस् यो सुविधा

टेलिकमले यो अफर स्वास्थ्यकर्मीहरुको आफ्नै नाममा रहेको सीममा मात्रै उपलब्ध गराउने जानकारी दिएको छ । तपाईले प्रयोग गर्ने नमस्तेको सिम कसको नाममा छ भनेर *९२२# डायर गरेर थाहा पाउन सकिने छ ।

नेपाल स्वास्थ्य व्यसायी परिषदमा दर्ता भएका स्वास्थ्यकर्मीहरुले यहाँ क्लिक गरेर आफ्नो नाम, दर्ता नम्बर, इमेल, मोबाइल नम्बर लगायत विवरण राखेर पठाउनु पर्नेछ ।

नेपाल नर्सिङ परिषदमा दर्ता भएका नर्सहरुले यहाँ क्लिक गरी नाम, इमेल, दर्ता नम्बर, मोबाइल नम्बर लगायतका आफ्नो विवरण भरेर पठाउनु पर्नेछ ।

त्यसैगरी नेपाल फार्मेसी परिषदमा दर्ता भएका फार्मासिस्टहरुले यहाँ क्लिक गरी आफ्नो नाम, नागरिकता नम्बर, दर्ता नम्बर, फोटो, ठेगाना, फोन नम्बर लगायतका विवरण भरेर पठाउनु पर्नेछ ।

नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका डाक्टहरुले यो सुविधा लिन यहाँ क्लिक गरी आफ्नो नाम, एनएमसी नम्बर र मोबाइल नम्बर लगायत विवरण भरेर पठाउनु पर्छ ।

त्यसपछि सम्बन्धित परिषदहरुले आफ्नो लेटर हेडमा स्वास्थ्यकर्मीको मोबाइल नम्बरसहितको पत्र नेपाल टेलिकमलाई उपलब्ध गराएपछि टेलिकमको १ महिनासम्म निःशुल्क भ्वाइस कल उपलब्ध गराउने छ ।

(यसअघि पाँच दिनअघिको तथ्यांक परेकाले समाचारलाई अपडेट गरिएको छ - सम्पादक)