कीवर्डहरू -

बिद्यालयमा ब्रोडव्यान्ड इन्टरनेटः स्थानीय तहलाई १५ दिनभित्र सम्पर्क गर्न प्राधिकरणको अनुरोध

बिद्यालयमा ब्रोडव्यान्ड इन्टरनेटः स्थानीय तहलाई १५ दिनभित्र सम्पर्क गर्न प्राधिकरणको अनुरोध


सरकारले मुलुकभरका आधारभूत बिद्यालयहरुमा ब्रोडव्यान्ड इन्टरनेट पुर्याउने योजनालाई अगाडि बढाएको छ ।
सरकारले घोषणा गरेअनुसार उपत्यका काठमाडौंका तीन जिल्लाबाहेक सबै जिल्लाका आधारभूत बिद्यालयमा ब्रोडव्यान्ड इन्टरनेट पु¥याउन भन्दै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले योजना अगाडि बढाएको छ ।
प्राधिकरणले तीन जिल्लाबाहेकका स्थानीय तहहरुलाई उक्त परियोजनामा हस्ताक्षर गर्ने कार्यक्रम रहेकाले १५ दिनभित्र सम्पर्क गर्न अनुरोध गरेको छ ।
‘यो सूचना प्रकाशित भएको १५ दिनभित्र प्राधिकरणमा सम्पर्क गर्न अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।
भूकम्प अति प्रभावित ८ जिल्लाहरु काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुंगा र काठमाडौं उपत्यकाबाहेकका ६६ जिल्लाका सबै आधारभूत बिद्यालयहरुमा ग्रामिण दूरसञ्चार विकास कोष प्रयोग गरेर ब्रोडव्यान्ड इन्टरनेट पुर्याउने घोषणा भएको छ ।
उक्त घोषणाअनुसार ब्रोडव्यान्ड इन्टरनेट जडान र सञ्चालन गर्न सबै स्थानीय तहसँग समझदार पत्रमा हस्ताक्षर गर्न प्राधिकरणले सूचना जारी गरेको हो ।