कीवर्डहरू -

‘सीपले नेपाल सरकारसँग मिलेर रोजगारीको अवसर सिर्जना गर्ने काम थालेको छ’ - बलजीत भोरा, युकेएड सीप

शिक्षा र उद्योगको खाँचो बिचमा पनि एकदमै दूरी रहेको देख्दा नेपाल सरकारसँग मिलेर सीपले नेपाली जनसङ्ख्यालाई रोजगारीको अवसर सिर्जना गर्ने, प्रशिक्षण दिने जस्तो काम गर्न थालेको छ । यसले गर्दा उद्योगहरुले राखेको माग पूरा हन्छ र मान्छेहरु विदेशीने क्रम पनि केही

‘सीपले नेपाल सरकारसँग मिलेर रोजगारीको अवसर सिर्जना गर्ने काम थालेको छ’ - बलजीत भोरा, युकेएड सीप

जेनेस एकेडेमीले जेठ १८ गते आज अर्थात देखि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुलचोकमा ‘जेनेस क्लाउड एकेडेमी’ शुरु गर्दैछ । जेनेसले युकेएड सीपसँग मिलेर नेपालमा पहिलो पटक आईओईमा ‘जेनेस क्लाउड एकेडेमी’ सार्वजनिक हँदैछ ।

यसै सन्दर्भमा सीप कस्तो प्रकारको परियोजना हो ? यसले नेपालमा के गरिरहेको छ ? यो एकेडेमी किन आवश्यक छ ? लगायतका विषयमा युकेएड सीपका टिम लिडर बलजीत भोरा सँग आइसिटी समाचारका लागि प्रज्वल नेपाली स्नेहा झा ले गरेको कुराकानीः


सीप कस्तो प्रकारको परियोजना हो र यसले नेपालमा के गरिरहेको छ ?

सीपले समावेशी र लचिलो संस्थाका लागि नेपालमा उद्यमद्वारा संचालित स्कीलिङ, काम, र वित्तीय पहुँच सक्षम पारिरहेको छ । यो पहल बेलायत सरकार र नेपाल सरकार बिच सम्झौता गरेर सुरु गरिएको हो ।

नेपालमा श्रमशक्तिको परिदृश्य परिवर्तन गर्नका निम्ति सीपले काम गरिरहेको छ । सन् २०२५ सम्ममा ६७ प्रतिशत नेपाली जनसङ्ख्या काम गर्ने उमेरको भईसक्नेछन् जसका कारण हामी सोही अनुसार रोजगारीको अवसर सिर्जना गर्नुपर्छ ।

सीपले नेपाललाई अनुगमन गरिरहँदा नेपालमा विद्यार्थीहरुले माध्यमिक तह नपढिकनै विद्यालय बाट ड्रप गरेको, तृतीयक तहको शिक्षा खासै राम्रो नरहेको र धेरै कुशल व्यक्तिहरुलाई उद्योगले पनि चाहेजस्तो अवसर दिन नसकेको पाएको थियो ।

शिक्षा र उद्योगको खाँचो बिचमा पनि एकदमै दूरी रहेको देख्दा नेपाल सरकारसँग मिलेर सीपले नेपाली जनसङ्ख्यालाई रोजगारीको अवसर सिर्जना गर्ने, प्रशिक्षण दिने जस्तो काम गर्न थालेको छ । यसले गर्दा उद्योगहरुले राखेको माग पूरा हन्छ र मान्छेहरु विदेशीने क्रम पनि केही हदले कम हुने मेरो धारणा छ ।

जेनेस र युकेएड सीप साझेदारीको सार के हो ? यो सहयोगले कसरी नेपालको शिक्षा र रोजगारीलाई रूपान्तरण गर्न सक्छ ?

अब हामीले विशेषगरी रोजगारको माग के रहेको छ भन्ने विषयमा ध्यान दिनुपर्ने हुन्छ । नेपालले अरु क्षेत्रमा भन्दा सर्भिस दिने पक्षमा एकदमै राम्रो गर्न सक्ने देखिएको छ । यसकार्यका लागि आईसिटी एकदमै महत्वपूर्ण क्षेत्र हो ।

अब भविष्यको परिदृश्य कल्पना गर्ने हो भने आउँदो दिनहरुमा क्लाउडमा आधारित कम्प्युटिङ, क्लाउडमा आधारित सेवाहरु , आईओटी, आर्टिफिसियल इन्टेलिजेन्स जस्ता पक्षमा समाज अघि बढ्ज्ञदै गएको पाइएको छ र जेनेस एक बहुराष्ट्रिय डिजिटल रूपांतरण क्लाउड परामर्श कम्पनी हो ।

त्यसैलाई मध्यनजर गर्दै जेनेस र युकेएड सीपले सम्झौता गरेको हो । आईटी क्षेत्र नेपालमा अझै पनि विकसित हुन समयनै लाग्ने देखिएको छ र त्यस्तो अवस्थामा जेनेसले नेपालमा आईसिटी क्षेत्रको विकासमा लामो समय देखि काम गरिरहेको छ ।

हामीले हेर्दै जाँदा जेनेसले अमेजन जस्तो ठूलो कम्पनीसँग साझेदारी गरेर अमेजन वेब एकेडेमी ल्याउन लागेको पायौँ । अमेजनले विश्वव्यापी रुपमानै आईसिटी परिवर्तन ल्याईरहेको छ र नेपालमा पनि यसको आगमनले हामी सकारात्मक परिवर्तनकै आशा राख्दछौँ ।

यसले नेपालमा एकदमै धेरै रोजगारीको अवसर सिर्जना गर्न सक्ने आशा गर्न सकिन्छ । जेनेससँग जोडिएर नेपालको शिक्षा र रोजगारी विशेष गरी आईटी क्षेत्रमा एकदमै सकारात्मक रुपले रूपान्तरण गर्ने अवसर देखेपछि हामीले पनि आफ्नो तर्फबाट सहयोग र साझेदारी गर्ने निर्णय गर्यौँ ।

हाम्रो विचारमा जेनेसलेनै नेपाली कलेजहरुको शिक्षण शैलीमा पाराडाइम एफेक्ट ल्याएर नवीन परिवर्तन गर्न सक्छ र यो हाम्रो अवधारणासँग एकदमै मेल खाने हुँदा यो साझेदारीमा आईपुगेका हौँ ।

तपाईले डिजिटल रूपान्तरणले नेपालको अर्थतन्त्रलाई कसरी असर गरिरहेको देख्नुहुन्छ र यसले स्कीलिङलाई कसरी मद्दत पुर्‍याउँछ ?

डिजिटल रूपान्तरणले धेरैनै परिवर्तनहरु ल्याइरहेको छ । पहिले हामी बाहिर जानका निम्त टिकेट बुक गर्नलाई ट्राभल एजेन्सीमा जाने गर्दथ्यौँ तर अब अनलाइनबाटै यस्तो कार्यहरु भइरहेका छन् ।

त्यस्तै पहिले बैँकमा घन्टौँ लाइन बसेर वित्तिय कामहरु गर्नुपर्थ्यो । अब इ–बैकिंङले केही क्लिकमानै बैंकको काम गर्न सम्भव पारिदिएको छ ।

प्रविधिले गर्दा हामीले सजिलै विदेशमा पैसा पठाउन सक्षम भएका छौँ त्यस्तै हाम्रो निर्माण गर्ने ट्रेण्डमा पनि एकदमै परिवर्तन आईरहेको छ ।

हामी रोबोटिक्स, एआर, भिआर जस्ता प्रविधिक विकास तर्फ अघि बढिरहेका छौँ । निर्माणको कामहरु हामीले सजिलै जिपिएस ट्रयाकिङको मद्दतले गर्न सकिहेका छौँ ।

हामीले कृषिमा पनि स्मार्ट एप्लिकेसनहरु प्रयोग गरेर मौसम हेर्ने, खेतको सर्वेक्षण गर्ने, माटोको जाँच गर्ने, कस्तो मलखाद हाल्ने जस्ता कार्यहहरु गर्न थालिसकेका छौँ । प्रविधिले धेरै खालको उद्योगलाई असर गरिरहेको छ ।

झन यो महामारीको समयमा त हाम्रो साह्रै कार्यक्षमतानै प्रविधिमै आश्रित भएको छ । पुरै विश्वनै डिजिटल रूपान्तरण तर्फ अघि बढिरहँदा नेपालले पनि उचीत सीप संकलन गरेर यसमा ध्यान दिनु एकदमै महत्वपूर्ण रहेको छ ।

नेपालले क्लाउडमा आधारित सोलुसन प्रयोग कसरी गर्ने, एआईलाई नेपालमा कसरी भित्रयाउने जस्तो कुरामा ध्यान दिनुपर्छ र यसका लागि सिपालु र प्रशिक्षित जनशक्ति उत्पादन गर्नु एकदमै महत्वपूर्ण हुन जान्छ ।

आईओईले पहिलो पटक नेपालमा जेनेस र युकेएड सिपको सहयोगमा ‘एडब्ल्यूएस क्लाउड एकेडेमी’ कोर्स सार्वजनिक गर्दैछ । यो कोर्स किन आवश्यक छ ?

समयको विकाससँगै हाम्रो उद्योगहरु पनि परिवर्तित हुँदै गईरहेको छ । यसका कारणले हामीले हाम्रो पाठ्यक्रमलाई पनि परिमार्जित गर्नु एकदमै महत्वपूर्ण हुन्छ ।

विश्वव्यापी रुपमानै प्रविधि गेमचेन्जरको रुपमा प्रख्यात भईरहेको छ र यसतो अवस्थामा पनि हामीले यदि ३०–४० वर्ष पुरानो पाठ्यक्रम पढायौँ भने त्यसले उद्योगको माग र अध्ययन बिच ठूलो दूरी सिर्जना गर्न सक्छ । विद्यार्थीहरु रोजगारका निम्ति तयार हुन सक्दैनन् ।

संसार क्लाउड आधारित प्रविधि, एआई तर्फ अघि बढ्दै गरिरहँदा हाम्रो विद्यार्थीले पनि सोही कुराहरुको अध्ययन गर्न पाउन भन्ने कुरा हामीले सुनिश्चित गर्नुपर्छ । अन्तरराष्ट्रिय स्तरका विद्यार्थीसँग भोलिका दिनमा प्रतिस्पर्धा गर्न र जब फोर्स तयार पार्न गुणस्तरीय पाठ्यक्रम एकदमै महत्वपूर्ण पक्ष हो ।

‘एडब्ल्यूएस क्लाउड एकेडेमी’ कोर्स नेपालमा पनि पहिलो पटक लञ्च हुँदैछ र यसले शिक्षालाई बजारिकरण गर्न पक्कै पनि मद्दत पुर्‍याउनेछ ।

जेनेस र अमेजनले आईओईलाई आदर्श पार्टनरका रुपमा मानेर पाठ्यक्रम परिमार्जित गर्न साझेदारी गरेकोमा हामी एकदमै खुशी छौँ । यसले विद्यार्थीहरुलाई कलेज पढिसकेपछि रोजगार पाउने अवसर दिन सक्छ भन्ने विश्वास गर्दछु ।

तपाईले विद्यार्थीहरुलाई भविष्यका लागि तयार हुन कस्ता सल्लाह दिनुहुन्छ । केवल नेपालमा मात्रै प्रतिस्पर्धा गर्नका लागि होइन तर विश्वव्यापी रोजगार बजारमा ?

अब हामी देशको सिमामा मात्रै नबाधिकनै ग्लोबलाइज भईसकेका छौँ र विद्यार्थीहरुले पनि सोही अनुसार तयारी गर्नु एकदमै आवश्यक रहेको छ । मैले विद्यार्थीहरु पनि ग्लोबल जब मार्केटका लागि एकदमै उत्सुक रहेको पाएको छु ।

चौथो औद्योगिक क्रान्तिले पनि प्रविधिमा एकदमै विकास ल्याएको छ र हामी सबैलाई थाहा छ की महामारी पछिको संसारमा पनि प्रविधिमा धेरै फरकहरु पर्नेछ । प्रविधिको मामिलामा संसार एकदमै भिन्न हुनेछ ।

अबको संसार बिग डेटा, अगमेन्टेड रियालिटी, क्लाउड कम्प्यूटिङ, इन्टरनेट अफ थिङ्गस, थ्रिडी प्रिन्टिङ, रोबोट, डिजिटल ट्वीन, साइबर सेक्युरिटी जस्ता प्राविधिक विकासले चल्नेछ । त्यही कारणले स्कुल कलेजले यो प्रविधिक बदलावलाई कुन तरीकाले लिएर आफ्नो पाठ्यक्रममा समावेश गर्छन भन्ने पक्ष एकदमै महत्वपूर्ण हुन जान्छ ।

नेपाली विद्यार्थीहरुले पनि यो ग्लोबल ट्रेन्डहरुलाई पछ्याउनु एकदमै महत्वपूर्ण छ किनभने हामी भौगोलिक रुपमा सानो देश भएता पनि हामी ठूलो विश्वव्यापी परिवर्तनको एक भाग हौँ र सोही कारणले विद्यार्थीहरु भविष्यका लागि सोही तरीकाले तयार हुनुपर्छ ।

कोरोनाभाइरस महामारी र लामो समयसम्म लकडाउनको क्षेत्रमा, के तपाईंसँग खास निजी, सार्वजनिक क्षेत्रहरूको लागि सीपको सहयोगमा आउँदै गरेको सम्झौताको आधारमा दीर्घकालीन आर्थिक रिकभरीको लागि कुनै विशेष सन्देश, सल्लाह छ ?

यो गत एक दुई वर्षमा ई–कमर्समा एकदमै विकास भईरहेको पाइएको छ । दराज, सस्तोडिल जस्तो कम्पनीले महामारीको समयमा पनि एकदमै राम्रो काम गरिरहेका छन् । त्यस्तै सवारीको क्षेत्रमा पनि पठाओ, टूटल जस्ता कम्पनीले निकैनै राम्ररी काम गरिरहेका छन् ।

फुडमाण्डु, भोजडील जस्ता खाना डेलिभरी प्रणालीहरु पनि एकदमै चर्चित बन्दै गइरहेका छन् । यस्ता कम्पनीहरु विघटनकारी रहेका छन् र परम्परागत उद्योग प्रणालीलाई एकदमै परिवर्तित गरिरहेका छन् । यस्तो परिवर्तनहरु लामो समयसम्म रहनका लागि आएका हुन् र यसले सकारात्मक परिवर्तनै ल्याईरहेको छ ।

मान्छेहरुको रोगका कारणले ज्यान गईरहेको र दुःख भईरहेको कारणले पक्कै पनि महामारीको नराम्रो पक्ष पनि रहेको छ तर इन्नोभेसन र प्राविधिक बदलावका लागि यो एक अवसरको रुपमा पनि आएको छ ।

म सबैलाई यही भन्न चाहन्छु यो निशेधाज्ञाको समयमा आफ्नो उद्योगको बनावट कस्तो रहेको छ भनेर पत्ता लगाउनुहोस र डिजिटल रुपातंरणमा आफ्नो तर्फबाट जेसक्दो प्रयास हुन्छ त्यसलाई पक्कै पनि प्रयोगमा ल्याउनुस ।