कीवर्डहरू -

ल्यापटप अन नभएमा के गर्ने ? 

ल्यापटप अन नभएमा के गर्ने ? 

कहिलेकाँही विभिन्न कारणहरुले गर्दा ल्यापटप अन नभइरहेको हुन सक्छ । अहिले महामारीको समयमा पनि धेरै काम ल्यापटपबाटै भइरहेकाले यस्ता समस्याहरु एकदमै बढ्दै गएको पाइएको छ ।

ब्याट्री वा पावर सप्लाईको समस्या, ब्रिगिएको आन्तरिक हार्डवेयर, भाइरस वा म्यालवेयर, बिआईओएस प्रणालीमा समस्या र बिग्रेको विन्डोज फाईलले गर्दा ल्यापटप सुचारु नभईरहेको हुन सक्छ । यस्तो भएमा तलका केही प्रक्रियाहरु प्रयोग गरेर टर्बलसुट गर्न सकिन्छ ।

पावर सप्लाई जाँच गर्ने

ल्यापटप प्लग इन गरेको अवस्थामा पनि पावर बटन थिच्दा कुनै पनि बत्ती बलेन भने पावर सप्लाई फेर्नुपर्ने भएको हुन सक्छ । चार्ज भएको बत्ती बलेर पनि ल्यापटप सुचारु भएन भने केबल  बिग्रिएको हुन सक्छ ।

कुनै युएसबी स्टोरेज जोडेको खण्डमा हटाउने

तपाईको कम्प्युटरले गलत ड्राइभबाट बुट गर्ने प्रयास गरिरेहको हुन सक्छ । यस्तो भएको भए प्रयोगकर्ताले बुट अडर परिवर्तन गरेर हार्डडिस्कलाई सर्वप्रथम राख्नुपर्छ ।

आफ्नो ल्यापटपलाई पावर साइकल गर्ने

कम्प्यूटरलाई पूर्ण रुपले सबै एक्सटर्नल उपकरणहरुबाट अनप्लग गर्नुपर्छ । यसपश्चात पावर बटनलाई १५ देखि २० सेकेण्ड सम्म थिचिरहने जसले बाँकी भएको पावर हटाईदिन्छ । त्यसपश्चात पुनः चार्ज जोडेर पिसी सुचारु भएको की भनेर प्रयास गर्नुपर्छ ।

ब्याट्री हटाइदिने

चर्ज भईरहेको बत्ती बलिरहँदा पनि ल्यापटप अन नभएमा ब्याट्रीमा केही समस्या भएको हुन सक्छ । निकाल्न मिल्ने खालको ब्याट्री छ भने एकछिन निकालेर पुनः हालेर पनि अन गर्न प्रयास गर्न सकिन्छ । नभए नयाँ ब्याट्री हाल्नुपर्ने पनि हुन सक्छ ।

विन्डोज सेफ मोडमा बुट गर्ने

पिसी पावर अन भएर पनि विन्डोजमा बुट भएन भने सेफ मोडमा स्टार्ट गर्ने प्रयास गर्नुपर्छ । यस पछि भाईरसको स्कयान गरेर प्रोग्रामहरु डिलिट गर्न सकिन्छ ।

आफ्नो ल्यापटपमा भएको म्यालवेयर हटाउने

भइरस र म्यालवेयरहरुले ल्यापटप स्टार्ट गर्दा फ्रिज गरिरहेको हुन सक्छ । यस्तो भएमा आफ्नो पिसीलाई सेफ मोडमा बुट गर्नुपर्छ र एन्टीभाईरस सफ्टवेयर प्रयोग गर्नुपछ ।

बिआईओएस प्रणालीलाई रिसेट गर्ने

मदरबोर्डको बिआईओएस प्रणालीलाई रिसेट गर्न सिएमओएसलाई क्लीयर गर्नुपर्छ । बिआईओएस प्रणाली कम्प्युटरमा चलाईनुपर्ने पहिलो सफ्टवेयर हो । यसलाई डिफल्ट मोडमा राख्यो भने पनि समस्या हल हुन सक्छ ।

पिसी फ्याक्ट्री रिसेट गर्ने

पिसी पावर अन भइरहेता पनि राम्रो सित सुचारु भएन भने फ्याक्ट्री रिसेट गर्नुपर्छ । फ्याक्ट्री रिसेट गर्दा फाइलहरु भने डिलिट हुनेगर्दछ ।