कीवर्डहरू -

कुमारी स्मार्टबाट भुक्तानी गर्दा टेले उपचारमा १० प्रतिशत छुट

कुमारी स्मार्टबाट भुक्तानी गर्दा टेले उपचारमा १० प्रतिशत छुट

कुमारी बैंक लिमिटेड तथा टेले उपचार डटकमका बीचमा आफ्ना ग्राहकहरुलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवसायिक सहकार्य गर्ने समझदारी भएको छ ।

यस सम्झौता अन्तर्गत कुमारी बैंक लिमिटेडका ग्राहकहरूले टेले उपचार डटकमको सेवा प्राप्त गरी कुमारी बैंक लिमिटेडको एपबाट भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकको एप ‘कुमारी स्मार्ट’ वा कुमारी बैंक लिमिटेडको कार्ड प्रयोग गरी भुक्तानी गर्दा बैंकमा खाता भएका ग्राहकहरूलाई टेलिउपचार डटकमबाट १० प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ ।

टेलेउपचारमा सुरक्षित रूपमा आफूले रोजेका डक्टर वा चिकित्सकहरूसँग अनलाइन परामर्श लिन सकिन्छ । टेलेउपचारको वेबसाइट वा मोबाइल एपबाट डाक्टरहरूसँग समय लिई छिटोभन्दा छिटो स्वास्थ्य सेवा प्राप्त गर्न सकिन्छ ।

अहिलेको कोभिड महामारीको विषम परिस्थितिमा सम्पूर्ण ग्राहकहरुलाई सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित रहन अनुरोध गर्दै बैैंकका ग्राहकहरुले भौतिक उपस्थिति बिना सहज र सुरक्षित स्वास्थ्य सेवा लिन यो सुविधाबाट सहयोग पुग्नेमा आफू विस्वस्त रहेको बैंकले जनाएको छ ।