कीवर्डहरू -

विन्डोज टेनमा विभिन्न ठाउँको टाइमजोन कसरी राख्ने ?

विन्डोज टेनमा विभिन्न ठाउँको टाइमजोन कसरी राख्ने ?

तपाईहरु धेरै जनाले आफ्नो कम्प्युटर वा ल्यापटपमा विन्डोज प्रयोग गर्नुहुन्छ होला । कहिले काही तपाईलाई विदेशमा रहेका क्लायन्ट वा आफन्तजनसँग कुरा गर्न विभिन्न ठाउँको टाइमजोन  हेर्नु पर्ने हुन सक्छ ।

के तपाईलाई थाहा छ ? विन्डोज टेनमा केही तरिकाहरु अपनाएर  सजिलै विभिन्न ठाउँको टाइमजोन थाहा पाउन सकिन्छ ।

कुनै लाइभ ईभेन्ट हेर्नका लागि पनि यसले सहयोग गर्न सक्छ । विन्डोज  टेनले तीन ओटा विभिन्न ठाउँको टाइमजोन राख्न दिन्छ ।

यस्तो छ राख्ने तरिका

शुरूमा तपाई विन्डोज टेनको सेटिङ मा जानुहोस् । सेटिङमा गएपछि टाइम एण्ड लेग्वेजं लेखिएको अप्सनमा क्लिक गर्नुहोस् ।

टाइम एण्ड लेग्वेजं लेखिएको अप्सनमा क्लिक गरेपछि पेजको दायाँ साइडमा एड क्लक्स फर डिफ्रेन्टदटाइम जोन अप्सन देखिने छ र त्यसमा थिच्नुहोस् । त्यहाँ थिचेपछि टाइम र डेट विन्डो देखा पर्छ र त्यसपछि एडिस्नल क्लक ट्याबमा थिच्नुहोस् ।

एडिस्नल क्लक ट्याबमा थिचेपछि इनेबल क्लक १ र क्लक २ मा थिचेर आफूलाई चाहिएको टाइम जोन राख्न सकिन्छ । अनि यति गरेपछि अप्लाई मा क्लिक गरी परिवर्तनलाई सेभ गर्न ओके थिच्नुपर्छ ।