कीवर्डहरू -

म्यासेन्जरबाट भुक्तानी गर्न सकिने, सार्वजनिक भयो ‘फेसबुक पे’ को क्युआर कोड

म्यासेन्जरबाट भुक्तानी गर्न सकिने, सार्वजनिक भयो ‘फेसबुक पे’ को क्युआर कोड

फेसबुक मेसेन्जरले फेसबुक पेको कारोबारको निम्ति कस्टम क्युआर कोड राखेको छ । यसले गर्दा मेसेन्जरमा पैसा पठाउन र पाउन सजिलो हुन्छ । मेसेन्जरले पर्सन टू पर्सन भुक्तानीका निम्ति क्युआर कोड र पर्सनलाईजड लिकं दिने भएको छ ।

यो अपडेटसँगै प्रयोगकर्ताहरुले क्युआर कोड र लिकं मेसेन्जर सेटिङ्गबाट पाउन सक्छन् । यो फिचर फेसबुकमा साथी नभएता पनि प्रयोग गर्न मिल्छ जसले गर्दा नचिनेको मान्छेसँग पनि पैसा भुक्तानी गर्न र पाउन सहज हुन्छ ।

यो फिचर विशेषगरी फेसबुक मार्केटप्लेस प्रयोग गर्नेहरुका लागि लक्षित गरेर ल्याइएको हो । यो फिचर तत्कालको लागि अमेरिकाको लागि मात्रै उपलब्ध रहेको छ । यो अपडेट अरु ठाउँमा पनि आउने एपले बताएको छ ।

मेसेन्जरले ‘क्वीक रिप्लाई’ भन्ने फिचर पनि ल्याएको छ जसले फोटो र भिडियोमा सजिलै प्रतिक्रिया दिन्छ । त्यस्तै एपले नयाँ च्याट थिमहरु प्नि कस्टोमाइज गर्न सकिने अप्सन ल्याएको छ ।