कीवर्डहरू -

ह्वावेले जारी गर्‍यो एआर ह्वाइट पेपर

ह्वावेले जारी गर्‍यो एआर ह्वाइट पेपर

फाइभजी प्लस एआरको लागि ह्वावेको बेटर वर्ल्ड शिखर सम्मेलनमा ह्वावे क्यारीयर बीजी सीएमओ बब काईले टर्निंग ड्रिम्स इन्टु रीयालिटी शीर्षकमा आफ्ना धारणा राखेका छन् । यसमा काईले फाइभजीले एआर अन गर्ने र एआरले फाइभजीलाई उज्यालो बनाउने बताए ।

उनले एआर इनसाइट एण्ड एप्लिकेसन प्राक्टिस व्हाइट पेपर पनि जारी भएको घोषणा पनि गरे । जुन उपकरण, एप्लिकेसन र नेटवर्किंगको सन्दर्भमा एआर उधोगलाई अन्तरदृष्टि प्रदान गर्दछ । काईले समग्र उधोगलाई समृद्ध फाइभजी प्लस एआर इकोसिस्टमको लागि काम गर्न आह्वान गरे ।

एआरले नयाँ फ्रन्टियर सिर्जना गर्ने

ह्वावे र तेस्रो–पार्टी डाटाले २०२५ सम्म एआर मार्केट ३०० अर्ब अमेरिकी डलर बराबर हुने पूर्व अनुमान गरेको छ ।

‘एआरले पहिला पाँच प्राथमिक उधोगहरुः शिक्षा, सोशल नेटवर्किंग, सपिंग, यात्रा र नेभिगेसन, गेमिंगमा व्यापक अडप्सन देख्नेछ,’ काईले भने, ‘एआरले सपनालाई साँचो बनाउन पक्कै पनि भौतिक र डिजिटल संसारको कनभर्जेन्स सक्षम पार्न सक्दछ ।’

एआरले संचार अधिक कुशल बनाउँछ

कार्यक्रममा काईले ह्वावेले अपनाएको एआर सम्बन्धि केस स्टडि सार्वजनिक गरेका थिए । कोभिड–१९ को कारणले विश्वभरका ग्राहकहरू ह्वावे आउन असमर्थ छन्, त्यसैले ह्वावेले आफ्नो अग्रणी प्रोडक्ट र सोलुसनहरू अनलाइन प्रदर्शन गर्न एआर को प्रयोग गर्दछ जसले सञ्चारलाई अझ बढी कुशल बनाउँदछ ।

ह्वावेले फाइभजी बेस स्टेशनको वितरण छिटो प्राप्त गर्न पनि एआर को उपयोग गर्दछ जसले वितरण दक्षता वृद्धि गर्दछ ।

एआरलाई सरल पार्दै ह्वावे

कार्यक्रममा काईले ह्वावेले कसरी एआर उत्पादन गर्दछ भनेर प्रस्तुत गरेका थिए । ह्वावेको एयर फोटोले टूडी फोटोलाई डिजिटल थ्रीडी मोडलमा रूपान्तरण गर्न अद्वितीय एल्गोरिदम प्रयोग गर्दछ, र एआर थ्रीडी क्यारेक्टर मोडलिंगलाई सरलीकरण गरेको छ ।

काईले ह्वावे एआर इञ्जिन प्रस्तुत गरे जुन कम्पनीको मोबाइल उपकरणहरु तर्फ उन्मुख एआर विकास प्लेटफार्म हो । ह्वावे एआर इञ्जिनसँग डेभलपरहरूले एआर प्रभावहरू सिर्जना गर्न केवल १० लाइनको कोड लेख्नु पर्दछ जसले एआर एप्लिकेसन विकासको दक्षतामा ठूलो रुपमा वृद्धि गर्दछ ।

फाइभजी प्लस एआर इकोसिस्टम बनाउन सम्पूर्ण उद्योगले मिलेर काम गर्नुपर्ने

कार्यक्रममा यस क्षेत्रका महत्वपूर्ण व्यक्तिहरु उपस्थित भई मन्तव्य व्यक्त गरेका थिए । जसमा हे चेन्जियन, शेन्जेन कम्युनिकेशन ब्यूरोका निर्देशक, डेभिड मैकक्वीन, स्ट्रेटिजी एनालाईटिक्सका कार्यकारी निर्देशक, ह्वांग हे, शेन्जेन टिभी स्टेशनका चीफ प्रोड्यूसर, वी रोङ्जी, रियलमैक्सका सीईओ, हीरोशी फुकुडा, मिलिप सीईओ, लिआंग जिन्हाओ, चीन क्षेत्र का प्रतिनिधि र फु जी, शेन्जेन एआर एसोसिएशनका कार्यकारी निर्देशक लगायत थिए ।

उनीहरूले भर्खरको एआर प्रयोगका केसहरू र एआरको भविष्यका प्रवृतिको बारेमा आफ्ना विचारहरू प्रस्तुत गरे।

हे चेन्जियनका अनुसार शेन्जेन पूर्ण एसए फाइभजी कभरेज भएको संसार कै पहिलो शहर हो । एआरले प्रतिनिधित्व गरेको आईसीटी सेवाहरू औद्योगिक उत्पादन, ई–कर्मस, रीयल स्टेट, होम डेकोर, संस्कृति, खेल, पर्यटन, स्वास्थ्य सेवा र शिक्षा सहित उद्योगहरूमा सम्भाव्य रूपमा अपनाउन सकिन्छ ।

एआर एप्लिकेसनहरू डिजिटल रूपान्तरणको लागि एक प्रमुख इञ्जिन बनेका छन् र यसले गहन रूपमा उत्पादन विधि र हाम्रो बाँच्ने तरिकाहरू परिवर्तन गर्दछ ।

आफ्नो मन्तव्यको अन्त्यमा काईले भने, ‘यदि तपाईं छिटो जान चाहनुहुन्छ भने एक्लै हिंड्नुहोस्, यदि तपाईं टाढासम्म जान चाहनुहुन्छ भने सँगै हिंड्नुहोस् । एआरको विकास गर्न समग्र उद्योग मिलेर काम गर्न र समृद्ध फाइभजी प्लस एआर भ्यालु चेन सिर्जना गर्न आवश्यक छ । एआरर ५जी उचित समयमा मिल्दै छन् । फाइभजीले एआर अन गर्दछ र एआरले फाइभजी लाई उज्यालो बनाउँदछ ।’

एआर इनसाइट र एप्लिकेसन प्राक्टिस ह्वाइट पेपर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।