कीवर्डहरू -

एनआईसी एशिया बैंकका ग्राहकले अनलाइनबाटै नयाँ डेबिट कार्डका लागि आवेदन दिन सक्ने

एनआईसी एशिया बैंकका ग्राहकले अनलाइनबाटै नयाँ डेबिट कार्डका लागि आवेदन दिन सक्ने

एनआईसी एशिया बैंकले डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ ।

यस सुविधामार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको आईसर्भ डिजिटल प्लेटफर्म मार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न सक्नेछन् ।

बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एप मार्फत आई सर्भिस भित्र रहेको कार्ड सर्भिसमा ट्याप गरी ‘डेविट कार्ड रिप्लेसमेन्ट’ मार्फत हराए वा बिग्रिएको कार्डको सट्टा नयाँ कार्डको लागि अनुरोध गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।

यसका लागि ग्राहकले डेविट कार्ड रिप्लेसमेन्टमा ट्याप गरी आफ्नो नाम, खाता नम्बर र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ । त्यसपछि आफ्नो बैंकमा दर्ता रहेको मोबाइल नम्बरमा ग्राहकले प्राप्त गरेकाे ओटीपी राखेर भेरिफिकेसन गर्नुपर्छ ।

कोरोना भाइरसको यस असहज परिस्थितिमा बैंकसम्म पुग्न नपरोस भन्ने उदेश्यले अनलाइनबाटै यस्तो सुविधा ल्याएको बैंकले जनाएको छ ।