कीवर्डहरू -

टिकटकमा फ्लोअर कसरी बढाउने ? 

टिकटकमा फ्लोअर कसरी बढाउने ? 

पछिल्लो समय नेपाली प्रयोगकर्ता माझ टिकटक एकदमै लोकप्रिय छ । विभिन्न देशको प्रतिबन्धका बाबजुद पनि टिकटकको लोकप्रियतामा कुनै कमी भएको छैन् ।

टिकटक धेरैले प्रयोग गरेपनि फ्लोअर बढाउन सकिरहेका हुँदैनन् । टिकटकमा आफ्नो भिडियो चर्चित बनाउन फ्लोअरको सङ्ख्या पनि धेरै भए राम्रो हुन्छ ।

त्यस कारण आज हामी तपाईलाई टिकटकमा कसरी फ्लोअर बढाउने बारे जानकारी दिदैछौं ।  टिकटकमा तपाईको प्रोफाइल पूर्ण देखिएमा पनि यसले प्रयोगकर्ताहरुलाई आकर्षित गर्ने गर्दछ ।

अरु प्रयोगकर्ताले तपाईको अकाउन्टबाट तपाईको व्यक्तित्व जान्न सके भने पनि तपाईको अकाउन्टमा आकर्षित हुन सक्छन् ।

यसका लागि आफ्नो प्रोफाइलमा मी भन्ने अप्सन क्लिक गर्ने र प्रोफाइल फोटो, भिडियो, नाम, यूजरनेम, बायोलाई कस्टमाइज गर्नका लागि एडिट प्रोफाइल गर्नुपर्छ । तपाईले टिकटकमा आफूलाई चिनेको मान्छे पनि खोज्नुभएमा पनि फ्लोअर बढाउन सकिन्छ ।

प्रोफाइलमा मी अप्सन क्लिक गरेर सर्चबारमा गएर कुनै निश्चित अकाउन्टलाई सर्च गर्न सकिन्छ । त्यस्तै साथीहरुलाई इन्भाईट पनि गर्न सकिन्छ ।

आफ्नो रुचीको विषयहरुको अकाउन्टलाई फ्लो गरेमा पनि त्यही रुची भएको व्यक्तिहरुले तपाईको अकाउन्टलाई पनि फ्लो गर्न सक्छन् । नयाँ अकाउन्टहरुलाई डिस्कभर ट्याबका माध्यमले भेटाउन सकिन्छ ।

राम्रो कन्टेन्ट पोस्ट गरेमा पनि फलोअर बढ्न सक्नेछन् । क्रियटरले चर्चित भइरहेका टिकटक भिडियो हेरेर आफुले भिडियो बनाउन सक्छन् । भने आफै युनिक कन्टेन्ट पनि सिर्जना गर्न सक्छन् ।

त्यस्तै चर्चित थिमहरु प्रयोग गरेर भिडियो बनाए पनि दर्शकहरु आकर्षित हुन्छन् । क्यामेरा, लाईटिङ जस्ता भिडियो सामाग्रीहरुलाई पनि अपग्रेड गरेमा राम्रो भिडियो बनाउन सकिन्छ ।

आफ्नो क्याप्सनमा ह्यासट्याग प्रयोग गरेमा पनि भिडियो धेरै प्रयोगकर्ता सामु पुग्न सक्छ । तपाईको फलोअरहरुलाई कस्तो खालको भिडियो मनपरिरहेको छ भनेर पनि नियाल्नु पर्छ । त्यस्तो खालको कन्टेन्टले झन बढि दर्शकलाई आकर्षित गर्न सक्छ ।

नियमित सेड्युलमा भिडियो हाल्दा पनि दर्शकहरुलाई तपाईको कन्टेन्टमा रुची लाग्नेछ । नयाँ खालको कन्टेन्ट हालि राखेमा फ्लोअरहरुले मनपराउने गर्दछन् ।