कीवर्डहरू -

डेक्स्टप र मोबाइल एपबाट म्यासेन्जर रुम कसरी बनाउने ? 

डेक्स्टप र मोबाइल एपबाट म्यासेन्जर रुम कसरी बनाउने ? 

डेक्स्टप  र मोबाइल एपमा म्यासेन्जर रुम प्रयोग गर्न एकदमै सजिलो हुने गर्दछ । केही चरणमै म्यासेन्जर रुम बनाएर सहभागीलाई बोलाउन सकिन्छ । रुममा क्रियटर भइरहेमा मात्रै अरु सहभागीहरुले जोइन गर्न पाउँछन् ।

फेसबुक म्यासेन्जर रुम फिचर डेक्स्टप, मोबाइल एप म्यासेन्जर, इन्स्टाग्राम र ह्वाटसएपबाट प्रयोग गर्न सकिन्छ । यसलाई फेसबुकको विभिन्न भागमा प्रयोग गर्न सकिन्छ जसमा ग्रुप, फेसबुक लाइभ र न्यूज फिड पर्ने गर्दछ ।

तपाईले फेसबुक प्रोफाइल नभएर पनि लिकं हुनेले जोइन गर्न मिल्ने रुम वा फेसबुक प्रयोगकर्ताका लागि रुम बनाउन सकिन्छ । यो इण्ड टू इण्ड इन्क्रिप्ट भने हुँदैन् ।

रुम बनाउने व्यक्तिले सहभागीलाई हटाउन वा रुमलाई इण्ड र लक गर्न पनि सक्छन् । डेक्स्टपमा म्यासेन्जर रुम बनाउन तलको प्रक्रिया प्रयोग गर्नुपर्छ ।

कन्ट्याक्ट लिस्टको माथि रहेको भिडियो क्यामेरा आईकनमा थिच्नुपर्छ । त्यसपछि कपि अप्सनमा थिच्नुपर्छ र त्यहाँबाट लिकं शेयर गर्न सकिन्छ ।

तपाईलाई क-कसलाई जोइन गराउन मन छ त्यो अनुसारले एडिट अप्सनमा क्लिक गरेर ‘ अनली पिपल अन फेसबुक ’ लाई सेलेक्ट गरेर सेभ अप्सनमा क्लिक गर्नुपर्छ । यसपछि ईमेल वा कुनै मेसेज सेवा प्रयोग गरेर सहभागीहरुलाई लिकं पठाउन सकिन्छ ।

म्यासेन्जर एपबाट म्यासेन्जर रुम

यसका लागि पहिले फेसबुक एप खोल्नुपर्छ र माथिल्लो बाँया भागमा रहेको म्यासेन्जरको आईकनमा थिच्नुपर्छ ।

त्यसपछि स्क्रीनको तल्लो भागमा रहेको पिपुल अप्सनमा थिच्नुपर्छ र क्रियट अ रुम भन्ने अप्सनमा थिच्नुपर्छ र मान्छे सिमित गर्न एडिट अप्सनमा क्लिक गरेर ‘ ओनली पिपल अन फेसबुक ’ भन्ने अप्सनलाई सेलेक्ट गर्नुपर्छ ।

म्यासेन्जर रुममा कसरी जोइन गर्ने ?

तपाईले फेसबुक वा म्यासेन्जर लग इन गरेको हुनुहुन्छ भने रुम जोइन गर्ने बित्तिकै तपाईले फेसबुक प्रोफाइल नाम र फोटो आउने गर्दछ ।

तपाईले लिकं पाउनु भएको छैन् भने आफ्नो फेसबुक साथीको स्टाटसमा गएर जोइन रुममा थिच्नुपर्छ वा साथीले पठाएको लिकंमा क्लिक गर्नुपर्छ । दुवै तरीकामा रुम छिर्नु अघि फेसबुक अकाउन्टमा साइन इन गर्नुपर्ने हुन सक्छ ।