कीवर्डहरू -

मोबाइलको पहुँच गाउँगाउँमा पुग्दा ९० प्रतिशतले चलाउन थाले ब्रोडव्यान्ड इन्टरनेट

मोबाइलको पहुँच गाउँगाउँमा पुग्दा ९० प्रतिशतले चलाउन थाले ब्रोडव्यान्ड इन्टरनेट
तस्बिर स्रोत–गेट्टी इमेज

मुलुकमा मोबाइलको पहुँच गाउँगाउँमा पुगेपछि आममानिसमा इन्टरनेटको पहुँच विस्तार भएको छ । मोबाइल नेटवर्कको विस्तार र स्मार्टफोनको प्रयोग बढेपछ मुलुकमा ९० प्रतिशतभन्दा धेरै जनसंख्यामा इन्टरनेट पुगेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको वैशाखको एमआईएस रिपोर्टअनुसार मुलुकमा ब्राृेडव्यान्ड इन्टरनेट प्रयोगकर्ताको संख्या ९०.५६ प्रतिशत पुगेको छ । यो भनेको २ करोड ७३ लाख ७५ हजारभन्दा धेरै जनसंख्या हो ।

यसमा सबैभन्दा ठूलो योगदान मोबाइल इन्टरनेटको छ । इन्टरनेटको पहुँचमा रहेको ९० प्रतिशत जनसंख्यामध्ये ६५.४७ प्रतिशत जनसंख्या मोबाइल ब्रोडव्यान्ड इन्टरनेट प्रयोग गरिरहेका छन् ।

मुलुकमा तीनवटा मोबाइल सेवा प्रदायकहरु नेपाल टेलिकम, एनसेल र स्मार्टसेलले मोबाइल सेवा दिइरहेका छन् । यि टेलिकम कम्पनीले मुलुकभर थ्रिजी र फोरजी विस्तार गरेका छन् । नेपाल टेलिकम र एनसेलका थ्रिजी चलाउनेको संख्या १ करोड १९ लाख ५६ हजार रहेको छ भने तीनवटै मोबाइल सेवाका फोरजी चलाउनेको संख्या झन्डै ७७ लाख रहेको छ ।

त्यस्तै फिक्स ब्रोडव्यान्ड इन्टरनेट चलाउनेको संख्या २४.४० पैतिशत रहेको छ भने वायरलेस फिक्स ब्रोडव्यान्ड चलाउने ०.६९ प्रतिशत मात्र रहेको छ ।

मुलुकमा ४० वटा इन्टरनेट सेवा प्रदायकले इन्टरनेट सेवा दिइरहेका छन् । पछिल्लो समयमा एफटीटीएच सेवा उपभोक्ताले मन पराएका छन् । यसको माग पनि बढ्दै गएको छ ।

४० वटा इन्टरनेट सेवा प्रदायकहरु मध्ये वल्र्डलिंक, भायनेट, सुविसु, नेपाल टेलिकम, क्लासिक टेकहरु अगाडि छन् । इन्टरनेट सेवा प्रदायकसँग अहिले ६१ लाख ५० हजार ग्राहक रहेका छन् ।

वर्डलिंकका ग्राहक ४ लाख ७८ हजार पुगेका छन् भने नेपाल टेलिकमका २ लाख ९३ हजार छन् । सुविसुका २ लाख र भायनेटका १ लाख ४४ हजार पुगेका छन् । क्लिासिक टेकका १ लाख ४३ हजार र टेकमाइन्ड्का ५९ हजार ग्राहक पुगेका छन् ।

नेपालमा ११ वर्षको अवधिलाई हेर्ने हो भने इन्टरनेटमा ४० गुणा वृद्धि भएको छ । मोबाइलको प्रयोग ६ गुणा वृद्धि भएको छ ।
आइटियुको २०१७ को रिपोर्टअनुसार ब्रोडव्यान्ड इन्टरनेटको प्रयोगमा १७६ देशमा नेपाल १४० औं स्थानमा नेपाल छ । सार्क देशमा हेर्न हो भने बंगालादेश, पाकिस्तान, अफगानिस्तानभन्दा अगाडि नेपाल छ ।

पछिल्लो चार–पाँच वर्षको तथ्यांक हेर्ने हो भने यस क्षेत्रबाट एक खर्बको हाराहारीमा राजश्व उठिरहेको छ । २०७१/७२ देखि २०७६/७७ सम्मको तथ्यांकलाई केलाउने हो भने औषत एक खर्बको हाराहारीमा टेलिकम क्षेत्रको राजस्व उठेको देखिन्छ ।