कीवर्डहरू -

नाष्टको अध्यक्षमा खगराज बराल नियुक्त

नाष्टको अध्यक्षमा खगराज बराल नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को अध्यक्षमा सरकारका सचिव खगराज बराललाई नियुक्त गरेका छन् ।

नाष्टका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले बराललाई नाष्टकाे अध्यक्षमा नियुक्त गरेका हुन् । नाष्टकाे अध्यक्ष पद एक बर्षदेखि रिक्त रहेकाे थियाे ।

बराललाई नाष्टकाे अध्यक्षमा नियुक्त गरिएपछि उनले सचिव पदबाट राजिनामा दिएका छन् । बराल प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयमा सचिवकाे रूपमा कार्यरत थिए । उनी साउन २६ गतेदेखि  अनिवार्य अवकाशमा जान लागेका थिए ।