कीवर्डहरू -

थोरै मान्छेको ग्रुपका लागि पनि टुगेदर मोड फिचर ल्याउँदै माइक्रोसफ्ट 

थोरै मान्छेको ग्रुपका लागि पनि टुगेदर मोड फिचर ल्याउँदै माइक्रोसफ्ट 

माइक्रोसफ्टले टिम्समा थोरै मान्छेमा पनि टुगेदर मोडको फिचर ल्याउने भएको छ । यो फिचरमा माइक्रोसफ्टले एआई प्रयोग गरेर भर्चुअल रुपमा सहभागीहरुलाई एकै ठाउँमा भर्चुअल वातावरणमा राखिदिने गर्दछ ।

यसको सबैभन्दा पहिले प्रयोग अमेरिकामा एनबिए गेमको समयमा भएको थियो । यसले आफू भिडमानै बसेको जस्तो अनुभव दिने गर्दछ । अब भने यो फिचर सानो ग्रुपहरुले पनि पाउनेछन् तर अहिलेका लागि यो फिचर बेटा चरणमै रहेको छ ।

यो फिचरलाई परिवारजनसँग भेट गर्न र कम्पनीको मिटिङहरुमा प्रयोग गर्न सकिन्छ । यो फिचर अहिलेका लागि टिम्स डेभलपर प्रिभ्यू प्रयोग गर्नेका लागि मात्रै उपलब्ध रहेको छ ।

त्यो सुचारु गर्नका लागि टिम्समा माथिल्लो दायाँ भागमा रहेको आफ्नो प्रोफाइलको छेउमा गएर अबाउटमा थिचेर डेभलपर प्रिभ्यूमा जोडिन सकिन्छ ।