कीवर्डहरू -

नेपालमा सार्वजनिक भयो विद्युतीय कार ‘निशान लिफ’

नेपालमा सार्वजनिक भयो विद्युतीय कार ‘निशान लिफ’

नेपाली बजारमा विद्युतीय कार ‘निशान लिफ’ सार्वजनिक गरेको छ। निशानको लागि नेपालको आधिकारिक वितरक पायोनियोर मोटोकर्पले बुधबार निशान लिफ नेपालमा सार्वजनिक गरेको हो।

कम्पनीले निशान लिफको बुकिङ समेत खुल्ला गरेको छ । इन्टेलिजेन्स पावर अन्तर्गत यसमा ४० किलोवाटको ब्याट्री जडान गरिएको छ र एकपल्ट चार्ज गर्दा ३ सय ११ किलोमिटरसम्म चलाउन सकिन्छ ।

यसको अधिकतम गुड्ने क्षमता प्रतिघण्टा १४० किलोमिटर छ । ग्राहकहरुले यसलाई सजिलैसँग चार्ज गर्न सक्नेछन् ।

घरमा नै डेडिकेटेड वाल आउटलेटबाट १५ देखि १८ घण्टामा र निसानको चार्जिङ्ग स्टेसनबाट ४० देखि ६० मिनेटमा फूल चार्ज गर्न सकिन्छ । नेपालमा निशान लिफको मूल्य ५९ लाख ९९ हजार रूपैयाँ तोकिएको छ ।