कीवर्डहरू -

अनलाइनबाट युरोकप र कोपा अमेरिकामा सट्टेबाजी खेलाउने एक पक्राउ

अनलाइनबाट युरोकप र कोपा अमेरिकामा सट्टेबाजी खेलाउने एक पक्राउ

युरोप र दक्षिण अमेरिकामा भइरहेको युरोकप २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने गरेको अभियोगमा पोखरा महानगरपालिका-२७ तालचोक बस्ने १८ वर्षीय किशोरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त खलेहरुमा सट्टेबाजी भइरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले भाइबर, ह्राट्सएप जस्ता अनलाईन मार्फत सट्टेबाजी गरिरहेको अवस्थामा फेला पारी उनलाई सोही महानगरपालिका-६ लेकसाईडस्थित होटलबाट पक्राउ गरेको हो ।

उनी उपर सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता बिरुद्धको कसुर अन्तरगत सट्टेवाजी गर्न नहुने कसूरमा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।