कीवर्डहरू -

अमेरिकाका ३७ राज्यले गूगल प्लेस्टोर विरुद्ध हाले अविश्वासको मुद्दा

अमेरिकाका ३७ राज्यले गूगल प्लेस्टोर विरुद्ध हाले अविश्वासको मुद्दा

गूगल प्लेस्टोरको विरुद्ध अमेरिकाका ३७ राज्यले अविश्वासको मुद्दा अघि सारेका छन् । यी राज्यहरुले गूगलले अमेरिकाको अविश्वास कानूनको विरुद्धमा काम गरेको जनाएका छन्।

सन् २०२० देखि गूगल विरुद्ध यो चौथो अविश्वासको मुद्दा हो । बुधबार गूगलले प्लेस्टोरको कमिसन १५ प्रतिशतले घटाउने भनेपछि यो समाचार बाहिर आएको हो ।

गूगलले ब्लग पोस्टमा यो मुद्दा गलत र अयोग्य रहेको ठहर गरको छ । हालैमा गूगलमा फेसबुकको पासवर्ड चोर्ने एन्ड्रोइड एपहरु प्ले स्टोरमा पाइएको थियो ।

त्यसमध्य नौ ओटा एपहरुमा ट्रोजन रहेको र ती एपले फेसबुक लगइन विवरण चोरिरहेको पत्ता लागेको थियो ।

गूगलले यो वर्षको अन्त्यमा प्लेस्टोर बिलिङ प्रणाली बाट मात्रै पैसा लिन मिल्ने नीति पनि ल्याउने भएको छ । यस निर्णयलाई नेटफ्लिक्स, स्पटीफाई जस्ता एपहरुले विरोध गरेका थिए ।