कीवर्डहरू -

इसेवाबाट यसरी तिर्नुहोस् आन्तरिक राजस्व विभागको कर 

इसेवाबाट यसरी तिर्नुहोस् आन्तरिक राजस्व विभागको कर 

के तपाईलाई थाहा छ ? आन्तरिक राजस्व विभाग अन्तरगतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क इसेवाबाटै बुझाउन सकिन्छ ।

इसेवामा आन्तरिक राजस्व विभागको भुक्तानी सकिने सुविधा उपलब्ध भएसँगै राजस्व कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झञ्झटको अन्त्य भएको छ । यसबाट सेवाग्राहीको समयको बचत समेत भएको छ ।

इसेवा अकाउन्ट भएका करदाताले सहजै घरबाटै कर तिर्न सक्छन् भने इसेवा अएकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन तथा इसेवा पोइन्टबाट कर भुक्तानी गर्न सक्छन् । इसेवाको मोबाइल एप र वेबसाइटबाट कर भुक्तानी गर्न सकिन्छ ।

इसेवा मार्फत यसरी तिर्नुहोस् कर

इसेवा मार्फत कर तिर्नका लागि सर्वप्रथम आन्तरिक राजस्व कार्यालयको वेबसाइटमा जानुपर्नेछ । त्यसपछि करदाताको पोर्टलमा गइ बायाँ तर्फ रहेको जनरलमा क्लिक गरि ट्याक्सपेयर लगइनमा (Taxpayer Login) क्लिक गर्नुपर्नेछ ।

त्यसपछि आफ्नो स्थायी लेखा नम्बर र पासवर्ड राखि पेमेन्ट भौचरमा क्लिक गर्नुपर्नेछ । त्यसपछि रकम जम्मा हुने बैंकमा एभरेष्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक राखि आफुले बुझाउन चाहेको करको प्रकार, राजस्व शिर्षक र कर बापतको रकम उल्लेख गर्नुपर्नेछ ।

सो गरिसकेपछि आर्थिक वर्ष छनोट गरी जेनेरेट ट्रान्जेक्सन कोडमा क्लिक गर्नुपर्नेछ । उक्त ट्रान्जेक्सन कोड टिप्नुहोस् ।

अब इसेवाको वेबसाइट वा मोबाइल एप कुनबाट कर तिर्ने त्यो छनोट गर्नुहोस् । यदी इसेवाको वेबसाइटबाट तिर्ने हो भने वेबसाइटमा गई लगइन गरी गभर्मेन्ट पेमेन्टमा क्लिक गरी आन्तरिक राजस्व विभाग लेखेको ठाउँमा थिच्नुहोस् । त्यसपछि ट्रान्ज्याक्सन कोड (इबीपी नम्बर) र रकम राखेर भुक्तानी गर्न सकिन्छ ।

त्यस्तै इसेवाको मोबाइल एपबाट कर तिर्ने हो भने एप खोल्नुहोस् र गभर्मेन्ट पेमेन्ट अप्सनमा जानुहोस् । गभर्मेन्ट पेमेन्ट सेक्सनमा गएपछि आन्तरिक राजस्व विभागमा क्लिक गरी ट्रान्ज्याक्सन कोड (इबीपी नम्बर) र रकम राखेर भुक्तानी गर्न सकिन्छ ।

आफुले भुक्तानी गरिसकेपछि राजस्व कार्यालयको वेबसाइटमा हेर्न सकिनेछ र भुक्तानी भएपश्चात पुरा भएको (Complete) भनेर देखिनेछ ।