कीवर्डहरू -

‘प्रिन्ट नाइटमेयर’ बग समाधान गर्ने अपडेटले विन्डोजमा ल्यायो प्रिन्टर नचल्ने समस्या

‘प्रिन्ट नाइटमेयर’ बग समाधान गर्ने अपडेटले विन्डोजमा ल्यायो प्रिन्टर नचल्ने समस्या

विन्डोजले ‘प्रिन्ट नाईटमेयर’ बग ठिक गर्न ल्याएको अपडेटले केही प्रयोगकर्ताको प्रिन्टर चल्न बन्द गरेको पाइएको छ ।

प्रिन्ट नाईटमेयरले गर्दा ह्याकरहरुले तपाईको कम्प्यूटर पूर्ण रुपमा नियन्त्रणमा लिने गर्दछन् । यो अपडेट विन्डोज १० सेक्युरिटी अपडेटमा आएको थियो ।

केबि ५००४९४५ प्याच इन्स्टल गरेपछि जेब्रा लेभल प्रिन्टरहरु विशेषगरी कनेक्ट नभएको पाइएको थियो । प्रिन्टरलाई एडमिनिस्ट्रेटरको रुपमा पुनः इन्स्टल गरिएमा यो समस्या हट्ने माइक्रोसफ्टले जनाएको छ ।

माइक्रोसफ्टले फेरि केही दिनमा अपडेट गरिएको प्याच पनि सार्वजनिक गर्ने भएको छ । प्रिन्ट नाईटमेयरका लागि विन्डोजले अहिले सम्म विन्डोज ७, ८.१ र अरु थुप्रै सत्रहरु सार्वजनिक गरेको छ ।