कीवर्डहरू -

के तपाईको वाईफाई स्लो भयो ? यसरी बढाउनुहोस् स्पीड

के तपाईको वाईफाई स्लो भयो ? यसरी बढाउनुहोस् स्पीड

इन्टरनेट आजका दिनमा मानिसको अभिन्न अंग बनिसकेको छ । सरकारले पनि यसलाई अत्यावश्यक सेवामा समावेश गरिसकेको छ ।

इन्टरनेटका लागि तपाई वाईफाई प्रयोग गर्नुहुन्छ भने कहिलेकाही वाईफाई स्लो हुने समस्या भोग्नु भएको छ होला । वाईफाई स्लो हुँदा काममा समेत समस्या भएको छ होला ।

यही समस्यालाई ध्यानमा राखेर आज हामीले आफ्नो वाईफाईको स्पीड कसरी बढाउने बारे जानकारी दिदैछौं ।

वाईफाईको फर्मवेयरलाई अपडेट गर्ने

सबैभन्दा सानो समस्या भनेको राउटरको सफ्टवेयरलाई अपडेट नगरेकाले यस्तो भएको हुन सक्छ । राउटर कम्पनीहरुले पनि फोन कम्पनी जस्तै सफ्टवेयर अपडेट गर्न पर्छ ।

कहिले काँही राउटर कम्पनीले आफ्नो सुरक्षाको लागी नयाँ फर्मवेयर वा ब्याट्री परिवर्तन गरेको पनि हुन सक्छ । नयाँ राउटरहरुमा सफ्टवेयर सेटिङबाट नै अपडेट गर्न मिल्छ । तर पुरानो राउटर भएमा पहिले अपडेटलाई म्यानुअल्ली डाउनलोड गर्ने र त्यसपछि आफैले इन्स्टल गर्नु पर्दछ ।

सही फ्रिक्वेन्सी चयन गर्ने

अहिलेको आधुनिक राउटरमा छुटा छुट्टै दुई ओटा ब्यान्ड हुने गर्दछ । पहिलो ब्याण्डले धेरै लामो दूरीलाई समेट्छ तर वाईफाईको स्पीड भने एकदमै स्लो हुन्छ ।

दोस्रो ब्याण्डको प्रयोगले भने स्पीड इन्टरनेट प्राप्त हुन्छ । यदी स्ट्रिमिङ गर्नुपरेमा डिभाइसलाई राउटरको नजिकै राख्नुपर्छ ।

वाईफाई रिपीटरहरु अप्रचलित हुदै गएको छ ?

वाईफाई रिपीटरले इन्टरनेटलाई स्पीड बनाउने विश्वास राखिएको हुन्छ तर यो पुरै गलत कुरा हो । रिपीटरले राउटरको सिग्नललाई रिब्रोडकास्ट गर्ने मात्र गर्दछ ।

राउटरलाई बरु लामो इथरनेट केबल सँग जोडनुपर्छ र यसले स्पीड बढाउने गर्दछ । घर धेरै ठूलो वा भित्ता बाक्लो भएर पनि इन्टरनेट स्लो हुने गर्दछ ।

च्यानल परिवर्तन

धेरै अरु डिभाइसलाई वाईफाईसँग जोड्दा पनि इन्टरनेटको स्पीड कम हुँदै जान्छ । माइक्रोवेभ र पुरानो कर्डलेस फोनले पनि इन्टरनेटलाई हस्तक्षेप गर्ने गर्दछन् । यो समस्यालाई हटाउन हामी वायरलेस च्यानल देखाएको च्यानलमा जानुपर्दछ ।

राउटरको सेटिङ्गमा गएर हामीले आफ्नो नेटवर्कको प्रकार हेरेर च्यानल बदल्न सक्छौँ । यसको लागी पहिले हामीले वाईफाई च्यानल स्क्यानर एप प्रयोग गरेर कुन च्यानल प्रयोग गर्दा ठीक होला भन्ने कुरा जान्न सक्छौँ ।

मेस नेटवर्किङ्ग सिस्टम प्रयोग गर्ने

मेस राउटर सिस्टमको प्रयोग गरेर हामीले सबै वाईफाईको समस्यालाई हटाउन सक्छौँ । यसले नेटवर्कको ब्याण्ड बढाउनलाई मद्दत पुर्‍याउँछ र कुन च्यानलले हस्तक्षेप गर्छ भन्ने कुरा थाहापाएर च्यानल परिवर्तित गरिदिन्छ ।

नेटगियर,लिन्कसीस जस्ता कम्पनीले यो सेवा प्रदान गर्दै आएका छन् । मेस राउटर सिस्टमले सबै नेटवर्क समस्यालाई हटाइदिन्छ ।