कीवर्डहरू -

अनलाइनबाटै यसरी दिनुहोस् ग्लोकल टिन हिरोमा आवेदन

अनलाइनबाटै यसरी दिनुहोस् ग्लोकल टिन हिरोमा आवेदन

सातौं संस्करणको वाई वाई ग्लोकल टिन हिरोका लागि केही दिनअघि आवेदन खुल्ला भएको थियो । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम आयोजना हुँदै आइरहेको छ ।

आवेदन खुल्ला भएसँगै आयोजकले नेपालभर विभिन्न स्कुलहरुमा अनलाइन मार्फत अभिमुखिकरण सञ्चालन गरिरहेका छ ।

नेपालमा ७७ जिल्ला पुग्ने लक्ष्य राखेको ग्लोकल टिन हिरोले किशोर किशोरीहरुको उर्जा देख्दा थप प्रोत्साहित भएको जनाएको छ ।

जेन २० २१ नामक ग्लोकल टीन हिरोले एक वेबिनार श्रृंखला प्रारम्भ गरेको छ जसमार्फत किशोर किशोरीहरूले विस्तृत दृष्टिकोण एवम् विभिन्न सामाजिक मुद्दाहरूको बारेमा सिक्न पाउने छन ।

सकारात्मक प्रभाव सिर्जना गर्न विभिन्न एसडीजीहरूमा काम गरिरहेका किशोर-किशोरीहरूले विभिन्न देशका विशेषज्ञहरूसँग सिक्ने र उनीहरूसँग नेटवर्किंगगर्ने अवसर पाउने छन् र उनीहरूको कामका क्षेत्रमा थप प्रोत्साहनका साथ अगाडि लैजान मार्गनिर्देशन प्राप्त गर्ने ग्लोकलले जनाएको छ ।

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरणका कार्यहरु लगायत अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरिहरुले यहाँ क्लिक गरी निशुल्क आवेदन दिन सक्ने छन ।

यसमा १३ देखि १९ वर्षसम्मका नेपाली नागरिकले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । आगामी जुलाई ३० सम्म अनलाइन आवेदन दिन सकिने छ ।

ग्लोकलका अनुसार उल्लेखनिय कार्य र रचनात्मकता सम्भाव्य प्रदर्शन गर्न, राष्ट्रिय मान्यता प्राप्त गर्न, समाज तथा राष्ट्रमा सकरात्मक प्रभाव ल्याउन, अन्य किशोर किशोरीहरूलाई प्रेरणा दिन, राष्ट्रभरबाट प्रेरणादायक किशोर किशोरीहरुसंग जोडिन तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय अवसरहरु पाउन आवेदन दिन सकिने छ ।