कीवर्डहरू -

एआईले अब गीत लेख्न सक्ने, कस्ता छन् ति गीत ? 

एआईले अब गीत लेख्न सक्ने, कस्ता छन् ति गीत ? 
Westend61 / Getty Images

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात रोबोटले मानिसको जस्तै काम गर्न सक्छ । विश्वमा यस्तो रोबोटको प्रयोग तीव्र रुपमा बढिरहेको छ ।

एआईको प्रयोग हामीले दैनिक रुपमा प्रयोग गर्ने स्मार्ट मोबाइलदेखि ठुल्ठुला औद्योगिक विकासका लागि भइरहेको छ ।

हालै यस सम्बन्धी वैज्ञानिकहरुले एउटा प्रयोग गरेका छन् । त्यो भनेको एआईले प्रविधिको मात्र प्रयोग गर्न सक्छ कि केही कलात्मक लयको काम गर्न पनि सक्छ भन्ने हो ।

उनीहरुले एआईलाई गीत लेख्न लगाएका छन् । एआई वैज्ञानिकहरुले हालै ‘एआई सँग कन्टेस्ट’ आयोजना गरेका थिए । त्यहाँ एआईलाई गीत लेख्न लगाइएको थियो ।

त्यसमा बनाइएको गीतले सन् १९६१ मा कम्प्यूटरले गायको पहिलो गीत ‘डेजी बेल’बाट प्रेरणा पाएर ‘लिसन टू योर बढी कोयर’ भन्ने गीत सहलेखन गरेको थियो ।

एआईले गीतहरु त लेख्यो तर त्यसमा कलात्मक रचना भने थिएन । वासिङटन विश्वविद्यालयका प्राध्यापक चिराग शाहले डिप लर्निङले ह्युमन इन्टेलिजेन्सको नजिक ल्याएता पनि अहिलेसम्म मान्छेको रचना गर्न सक्ने क्षमता जति नपुगेको बताएका छन् ।

एआईसगँ कन्टेस्टका लागि गीतकार, अन्वेषक र डेटा वैज्ञानिकहरु मिलेर चार मिनेट लामो गीत बनाएका थिए । यसमा गीत लेख्ने पक्ष एआईले सम्हालेको थियो ।

एआईले लेखेको गीत भने मान्छेले बनाए जस्तै मिठो थिएन । विज्ञहरुले एआईले मौलिक कन्टेन्ट बनाउन नसक्ने बताएका छन् । एआईले पक्कै पनि गीतकारहरुलाई सघाउन सक्ने कुरा डेटा वैज्ञानिक टेरेसा क्युरोगाले लाइफ वायरलाई बताएकी छन् ।

सुरुका केही चरणहरुमा एआईकै सहयोग लिने र पछि आफू पनि लागेर राम्रो गीतहरु बनाउन सकिने उनले बताएकी छन् । एआईले धेरै जानकारीहरु जोडेर राम्रो प्रडक्ट बनाउन दिन्छ ।

एआईले स्मार्ट काम गर्न सक्छ तर गीतमा कला झल्काउन भने नसक्ने उनीहरुको भनाइ छ । अहिले पनि मान्छेको कला निर्माण शैलीलाई मेसिनले पार गर्न नसेकेको विज्ञहरुले बताएका छन् ।

केही समयअगाडि टाइमक्राफ्ट नामक एमआईटी प्रोग्रामलाई विभिन्न राम्रो २०० ओटा आर्टहरुको टाइमल्यास्प देखाएर त्यस्तै कलाकृति बनाउन लगाइएको थियो । ९० प्रतिशत जसो समय ती कलाकृति प्रविधिले बनाएको हो की मानवले भनेर मान्छेहरुले छुट्याउन सकेका थिएनन् ।

हेरेर सार्न मेशिनहरुले सिकिसकेका छन् तर आफै केही कुराको सिर्जना गर्न भने अझै विकास गर्नुपर्ने वैज्ञानिकहरुको भनाइ छ ।
एआईले अब गीत लेख्न सक्ने, कस्ता छन् ति गीत ?