कीवर्डहरू -

म्यासेन्जरमा अब साउन्डसहितको इमोजी पठाउन सकिने, यस्तो छ तरिका

म्यासेन्जरमा अब साउन्डसहितको इमोजी पठाउन सकिने, यस्तो छ तरिका

फेसबुक म्यासेन्जरमा अब साउन्डसहितको इमोजी पठाउन सकिने भएको छ । फेसबुकले बिहीबारदेखि साउन्डमोजी फिचरको शुरूवात गरेको हो ।

साउन्ड इमोजी फिचर मार्फत अब प्रयोगकर्ताले अरूलाई साउन्डसहितको इमोजी पठाउन सक्नेछन् । अहिले साउन्डसहितका १० वटा इमोजी उपलब्ध छन् । जसमा हाहा, तालि, अचम्म लगायतका छन् । साउन्डसहितका इमोजी थप गर्दै जाने फेसबुकले जनाएको छ ।

यसरी गर्नुहोस् प्रयोग

म्यासेन्जरको यो नयाँ सुविधा सजिलै प्रयोग गर्न सकिन्छ । साउन्डसहितको इमोजी पठाउन म्यासेज लेख्ने साइडको दायाँतिर रहेको इमोजी अप्सनमा क्लिक गर्नहोस् । त्यसपछि तपाईले दायाँतिर साउन्डको आईकन देख्नु हुनेछ । उक्त आईकनमा क्लिक गर्नुहोस् ।

त्यहाँ साउन्डसहितका इमोजीका विभिन्न विकल्प देखिने छन् । त्यसपछि आफ्नो आवश्यकता अनुसार साउन्डसहितको इमोजी पठाउन सकिने छ ।