कीवर्डहरू -

जापानले तोड्यो इन्टरनेट स्पीड रेकर्ड, ३१९ टेरा बाइट पर सेकेण्डमा डेटा ट्रान्सफर

जापानले तोड्यो इन्टरनेट स्पीड रेकर्ड, ३१९ टेरा बाइट पर सेकेण्डमा डेटा ट्रान्सफर

जापानले ३१९ टेरा बाइट पर सेकेण्डको डेटा ट्रान्सफर गरेर इन्टरनेट स्पीड रेकर्ड तोडेको छ । मदरबोर्डका अनुसार जापानको सूचना र सञ्चारको राष्ट्रिय संस्थानका वैज्ञानिकहरुले ३१९ टेरा बाइट पर सेकेण्डको दरमा डेटा सफ्फल गरेर इन्टरनेट स्पीड रेकर्ड तोडेका छन् ।

यो पहिले ब्रिटिश र जापानी अन्वेषकहरुले गरेको अनुसन्धान भन्दा दुई गुणा बढि स्पीड हो । उनीहरुले सन् २०२० अगस्तमा १७९ टेरा बाइट पर सेकेण्डको दरमा डेटा ट्रान्सफर गरेका थिए ।

पहिले एउटा मात्रै फाइबर अप्टिक लाइन रहेको थियो तर यसपालि चार ओटा फाइबर अप्टिक लाइन प्रयोग गरिएको थियो । यो प्रणाली महङ्गो भने हुने गर्दछ । यसले ६ जीलाई अझै वास्तविक बनाउन सक्ने वैज्ञानिकको मान्यता छ ।