कीवर्डहरू -

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा डिजिटल भोटिङबाट मतदान हुने

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा डिजिटल भोटिङबाट मतदान हुने

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा डिजिटल भोटिङबाट मतदान हुने भएको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले डिजिटल भोटिङ प्रविधिको विकास गरेको हो ।

विभागले जारी गरेको विज्ञप्तीमा कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बावजुद विभागले ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको जनाइएको छ ।

डिजिटल भोटिङ केन्द्र र सातवटै प्रदेशको महाधिवेशनमा प्रयोग गरिने छ । ‘डिजिटल भोटिङ’ को नमूना प्रदर्शनीको आन्तरिक कार्य योजना समेत बैठकले तय गरेको छ भने जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरहरुको नेटवर्क तयार गरिएको छ,’ विज्ञप्तीमा भनिएको छ ।
\"\"

\"\"