कीवर्डहरू -

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा प्राधिकरणले सहयोग गर्ने, छुट्याइयो ५ करोड बजेट

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा प्राधिकरणले सहयोग गर्ने, छुट्याइयो ५ करोड बजेट

नेपाल दूरसञ्चार प्राधिकरणले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्यवन गर्न आवश्यक सहयोग गर्ने भएको छ ।

प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रममा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्यवनमा आवश्यक सहयोग गर्ने उल्लेख गरेको छ ।

प्राधिकरणले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा आवश्यक सहयोग गर्न ५ करोड रुपैयाँ बजेट छुट्याएको छ । सरकारले डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरिसकेको छ ।

डिजिटल नेपाल फ्रेमवर्कमा ८ डोमेन र ८० डिजिटल इनिसिएटिभ राखिएको छ । जसमा डिजिटल फाउण्डेसन, कृर्षि, स्वास्थ, शिक्षा, उर्जा, पर्यटन, वित्त र सहरी पुर्वाधार सहित ८ डोमेन छन् ।