कीवर्डहरू -

शुक्रबारदेखि अनलाइनबाटै सवारीसाधनको ब्लुबुक नवीकरण गर्न सकिने

शुक्रबारदेखि अनलाइनबाटै सवारीसाधनको ब्लुबुक नवीकरण गर्न सकिने

शुक्रबारदेखि अनलाइनबाटै सवारीसाधनको ब्लुबुक नवीकरण गर्न सकिने भएको छ । भोलिदेखि अनलाइनबाटै बागमती प्रदेशभित्रका सवारीसाधनको ब्लुबुक नवीकरण गर्न सकिने भएको हो ।

यसका साथै सवारीसाधनको कर तथा जरिवाना पनि तिर्न सकिने छ । यसका लागि बागमति प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको वेबसाइट यातायात व्यवस्था सूचना प्रणाली (टिएमआइएस) को विकास गरेको छ ।

यसअघि नै यो सेवा शुरू हुने भनिएपनि केही प्राविधिक समस्याका कारण शुक्रबारबाट मात्रै शुरू हुन लागेको हो । भोलि मुख्यमन्त्री डोरमणि पौडेलले हेटौडामा यो सेवाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

साथै सेवाग्राहीले नागरिक एपबाट आफ्नो सवारीसाधनको जानकारी हेर्न, बाँकी तिर्नुपर्ने कर र तिरिसकेको कर बारे जानकारी लिनुका साथै कर तिर्न सक्ने छन् । जसका लागि एपको सवारी कर अप्सनमा जानुपर्ने हुन्छ । एपबाट पहिलो चरणमा बागमति प्रदेशका सवारीसाधनको कर तिर्न सकिने छ ।