कीवर्डहरू -

कोरोना महामारीसँग लड्न आविष्कार केन्द्रले निःशुल्क वितरण गर्‍यो ९० हजार बढी सामग्री 

कोरोना महामारीसँग लड्न आविष्कार केन्द्रले निःशुल्क वितरण गर्‍यो ९० हजार बढी सामग्री 

राष्ट्रिय आविष्कार केन्द्रले कोरोना महामारीसँग लड्न ९० हजार बढी सामग्रीहरु निःशुल्क वितरण गरेको छ । केन्द्रले महामारी शुरू भएदेखि अहिलेसम्म ९० हजार बढी पीपीई, फेश शिल्ड, आईसोलेसन चेम्बर, रोबोट लगायतका अन्य सामग्रीहरु निःशुल्क वितरण गरेको हो ।

केन्द्रका अध्यक्ष महावीर पुनका अनुसार ५१ हजार ३ सय पीपीई, ३९ हजार ७०० फेश शिल्ड, ९२ पावर्ड एयर प्युरिफाइङ मेसिन, २१० आईसोलेसन हुड, ४०५ लास राख्ने बक्स, २९ बिरामी राख्ने आईसोलेसन चेम्बर, ६ वटा कोरोना वार्डमा जाने रोबोट निःशुल्क वितरण गरिएको छ ।

त्यसैगरी ९२ स्वाव संकलन गर्ने बुथ, ३८ एरोसेल बक्स, ३३ युभीसी निर्मलिकरण बक्स, ६ युभीसी नर्मलिकरण ट्रली, स्वाब संकल्न गर्ने जीप १, विभिन्न अस्पताहरुमा ७ मिनी अक्सिजन प्लान्ट निर्माण गरी वितरण गरिएको पुनले जानकारी दिए ।

\"\"

केन्द्रले विभिन्न अस्पतालहरुको बिग्रेको ४२ भेन्टिलेटर मर्मत, विभिन्न अस्पतालहरुको बिग्रेको १८ किड्नी डायलाइसिस मेसिन मर्मत, अस्पतालहरुको अक्सिजन प्लान्ट मर्मत ३, व्यक्तिहरुको बिग्रेको २५ अक्सिजन कन्सेंट्रेटर मर्मत र १२५ अक्सिजन सिलिन्डरको वाई कनेक्टर्स मर्मत गरेको छ ।

राष्ट्रिय आविष्कार केन्द्र आफैले किनेर र दानमा प्राप्त भएका विभिन्न सामग्राहरु वितरण गरेको छ । जसमा स्ट्यान्डफोर्ड विश्वविद्यालये दान दिएका ४ हजार भाइरस फिल्टर्स, १०० पल्स अक्सिमिटर, २९ सीपीएपी र बीपीएपी मसिन, १५२ न्युमास्क वितरण गरेको केन्द्रले जनाएको छ ।

त्यस्तै गार्डियन हेल्थ सिस्टमले दान दिएक ५३ भेन्टिलेटर, नेपाल अमेरिकन च्याम्बर्स अफ कमर्स टेक्सासले दान दिएका २ भेन्टिलेटर पनि वितरण गरिएको छ ।

आविष्कार केन्द्रले आफुले किनेर पनि विभिन्न सामग्रीहरू वितरण गरेको छ । जसमा ५ लिटरको अक्सिजन कन्सेन्ट्रेटर १६०, १० लिटरको अक्सिजन कनसन्ट्रेटर ३४ र ४७ लिटरको ६४ वटा अक्सिन सिलिण्डर रहेका छन् ।

\"\"

साथै आविष्कार केन्द्रका अनुसार इजरायलबाट प्राप्त भएको ५ लिटरको अक्सिजन कन्सेंट्रेटर ३६, अन्य दाताहरुले दान गरेको ५ लिटरको अक्सिजन कन्सेंट्रेटर १३, सेन्ट जेभियर-१९७५ टिमले दान गरेको १० लिटरको १८ अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको छ ।

त्यस्तै एकता समाज दक्षिण कोरियाले दान गरेको ४७ लिटरको १० अक्सिजन सिलिन्डर, एनआरएनए चीनबाट पाएको ५०० अक्सिजन सिलिण्डरको रेगुलेटर, साउथमेड कम्पनी न्युजिल्याण्डले दान दिएका ८० वटा रेस्पीरेटोरी हुड, नेब्रास्का नेप्लिज सोसाइटीले दान गरेका १५ हजार डलर पर्ने ब्ल्याक फंगसको औषधि समेत वितरण गरेको छ ।