कीवर्डहरू -

उपत्यकामा मोबाइल सेवा गुणस्तर परीक्षण, एनसेलमा लाग्छ सबैभन्दा छिटो फोनकल

उपत्यकामा मोबाइल सेवा गुणस्तर परीक्षण, एनसेलमा लाग्छ सबैभन्दा छिटो फोनकल

मुलुकमा संचालित तीनवटा दूरसञ्चार सेवा प्रदायकमध्ये सबैभन्दा छिटो फोनकल निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको नेटवर्कमा लाग्ने गरेको नियामक निकायको एक परीक्षणले देखाएको छ ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले गरेको अध्ययनमा कल स्थापना हुने लाग्ने समय र कल स्थापना हुने सफलताको दरमा सबैभन्दा अगाडी एनसेल देखिएको छ । यद्यपी प्राधिकरणले तोकेको न्यूनतम मापदण्डमा कुनै पनि कम्पनी परेका छैनन् ।

प्राधिकरणले मुलुकमा सञ्चालित टेलिकम कम्पनीहरुको नेटवर्कभित्र २०७७ चैतदेखि २०७८ जेठसम्म कल लाग्ने समय र कल स्थापित हुन लाग्ने दरको परीक्षण गरेको थियो ।

प्राधिकरणले आइतबार सार्वजनिक गरेको मोबाइल सेवाको गणुस्तर परीक्षण (ड्राइभ टेस्ट) प्रधतवदेनअनुसार एनसेलको कल स्थापना हुन लाग्ने समय ५.२७ सेकेन्ड रहेको छ । प्राधिकरणले तोकेको कल स्थापना हुन लाग्ने समय ५ सेकेन्ड वा त्योभन्दा कम हुनुपर्छ ।

त्यस्तै, कल स्थापना हुने कल सफलताको दर एनसेलको ९४.४३ प्रतिशत छ । प्राधिकरणले तोकेको कल स्थापना हुने सफलताको दर ९९ प्रतिशत वा सोभन्दा धेरै हुनुपर्छ ।

नेपाल टेलिकमको कल स्थापना हुन लाग्ने समय ९.३४ सेकेन्ड देखिएको छ भने कल स्थापना हुने सफलताको दर ९०.५१ प्रतिशत रहेको छ ।

त्यस्तै, प्रयोगकर्ताहरु धेरै नभए पनि स्मार्ट टेलिकमको कल स्थापना हुने समय १०.२७ सेकेन्ड रहेको छ भने कल स्थापना हुने सफलताको दर ८४.४७ प्रतिशत रहेको छ ।

आफै फोनकल विच्छेद हुने दरमा भने सबै टेलिकम कम्पनीको अवस्था राम्रो देखिएको छ । प्राधिकरणले तोकेको आफै फोनकल विच्छेद हुने दर २ प्रतिशत वा सोभन्दा कम हुनुपर्छ । त्यसमा नेपाल टेलिकमको ०.८७ प्रतिशत, एनसेलको ०.२ प्रतिशत र स्मार्ट टेलिकमको ०.४५ प्रतिशत रहेको छ ।

प्राधिकरणले काठमाडौं उपत्यकाका तीन जिल्लाका विभिन्न ठाउँमा ड्राइभ टेष्ट विधिबाट उक्त परीक्षण गरिएको थियो । प्राधिकरणले काठमाडौंको कमलादी, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, क्षेत्रपाटी, बागेश्वरी, स्वयम्भू, सीतापाइला, छाउनी, चाबहिल, गोठाटार, कपन, मण्डीकाटार, गोल्फुटार, चपली, नारायणथान, गोंगबु, गौशला, सिनामंगल र शान्तिनगरमा गरिएको थियो ।

त्यस्तै, ललितपुरको टेकु, कुपन्डोल, बालकुमारी, इमाडोल, ग्वार्को र टिकाथलीमा उक्त परीक्षण गरिएको थियो । भक्तपुरमा बालकोट, कौशलटार, पेप्सीकोला, नरेफाँट परीक्षण गरिएको थियो । साथै, यि जिल्लाका रिंगरोड भित्रका मुख्य तथा सहायक मार्गहरुमा यो परीक्षण गरिएको थियो ।

यस विधिमा चलायमान सवारीसाधनमा जडान गरिको परीक्षण उपकरणद्धारा लगातार फोनकल गरी वा डाटा प्रयोग गरी मोबाइल नेटवर्कको मुख्य सेवा मानकहरुको तथ्यांक संकलन गरिन्छ ।

कुनै एक स्थानमा उपलब्ध सबै सेवा प्रदायकहरुको गुणस्तर मापन समानान्तर रुपमा एकैसाथ  गरिन्छ । हरेक सेवा प्रदायकको कुनै स्थानमा उपलब्ध नेवर्क (फोरजी, थ्रिजी, टेजी) मधये सर्वाधिक अनुकूल नेटवर्क स्वचालित रुपमा छनौट हुने गरी उपकरणमा व्यवस्था गरिन्छ ।

हेुर्नहोस् पूर्ण प्रतिवेदन