कीवर्डहरू -

ल्यापटपको ब्याट्री चाँडै सकिएर हैरान हुनुहुन्छ ? यस्ता छन् ब्याट्रीको लाइफ बढाउने तरिका

ल्यापटपको ब्याट्री चाँडै सकिएर हैरान हुनुहुन्छ ? यस्ता छन् ब्याट्रीको लाइफ बढाउने तरिका

हामीहरु आफ्नो व्यक्तिगत कामको लागि होस् वा अफिसको कामको लागि होस् ल्याप्टप प्रयोग गर्ने गर्छौं । कहिलेकाही हामीले प्रयोग गर्ने ल्याप्टपमा छिटो चार्ज सकिएर पटक पटक चार्ज गर्नुपर्ने हुन्छ ।

यही समस्यालाई केही हदसम्म समाधान गर्न आज हामीले तपाईलाई ल्याप्टपको ब्याट्री लाइफ बढाउने बारे केही टिप्स दिदैंछौं ।

विन्डोज ब्याट्री पफर्मेन्स स्लाइडरको प्रयोग गर्ने

विन्डोज ब्याट्री पफर्मेन्स स्लाइडरले ब्याट्री चल्ने समयको वृद्धि गरिदिने गर्दछ । यसमा रहेको बेस्ट पफर्मेन्स मोडले ल्याप्टपमा ब्याट्रीलाई प्राथमिकता दिएर बचाउने काम गर्दछ ।

बेटर ब्याट्री मोडले लामो ब्याट्री लाइफ दिने गर्दछ । ब्याट्री सेभर मोडले भने डिस्प्ले ब्राइटनेसलाई ३० प्रतिशतले कम गरिदिने गर्दछ ।

विन्डोजको अपडेटहरुलाई पनि डाउनलोड हुन दिदैन् । ब्याकग्राउण्डमा पनि खासै एपहरुलाई चल्न दिदैन् । यसरी ब्याट्री खपत कम हुने गर्दछ ।

कम एप र एयरप्लेन मोडको प्रयोग

नेटिफिकेसनहरुले हैरान नपारिकनै काम गर्न मनभएमा एयरप्लेन मोडलाई सुचारु गर्न सकिन्छ । यसले ब्याट्री पनि कम खपत गर्ने गर्दछ ।

धेरै एपहरु पनि खोलिरहदा त्यसले ब्याट्रीको खपत बढाउने गर्दछ, त्यसैले आफूलाई चाहिने जति एपहरु मात्रै खोल्नुपर्छ । ब्याकग्राउण्डको एपलाई बन्द गरेर पनि धेरै पावर जोगाउन सकिन्छ ।

डिस्प्ले र ग्राफिक सेटिङ्ग मिलाउने

शक्तिशाली खालको ग्राफिक प्रोसेसर भए त्यसलाई गेम या ग्राफिक इन्टेन्सिभ एपले मात्रै प्रयोग गर्नुपर्दछ तर अरु एपले पनि चलाइरहेको हुन सक्छ, यस्तो भएको छ भने छुट्टा छुट्टै एपलाई आ–आफ्नै ग्राफिक प्रोसेसर दिन सकिन्छ ।

यसका लागी प्रोग्राम सेटिङ्ग ट्याबमा गएर कसले कुन ग्राफिक प्रोसेसिङ्ग चीप प्रयोग गर्न मिल्छ भन्ने थाहा हुन्छ ।

ब्याट्रीको अवस्थामा ध्यान दिने

केही समय हुदै गएपछि सबै ब्याट्रीले आफ्नो चार्ज गर्ने क्षमता गुमाउँदै जान्छन् । त्यस कारण सबै प्रयोगकर्ताहरुले ब्याट्रीको अवस्थामा ध्यान पुर्‍याउनुपर्ने हुन्छ । धेरै दिन भइसकेर डिभाइसले राम्रोसँग चार्ज गर्न सकेन भने नयाँ किन्नुपर्ने पनि हुन्छ ।