कीवर्डहरू -

सरकारले एक वर्षमा ४२ प्रकारका सेवा नागरिक एपबाट दिने

सरकारले एक वर्षमा  ४२ प्रकारका सेवा नागरिक एपबाट दिने

सरकारले एकवर्षमा ४२ प्रकारका सेवा नागरिक एपबाट दिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चालु आर्थिक वर्ष २०७८/७९ मा ४२ प्रकारका सरकारी सेवा नागरिक एपबाट दिने लक्ष्य लिएको छ ।

मन्त्रालयले चालु आर्थिक वर्षमा मन्त्रालयले नागरिक एपलाई स्तरोन्नति गरी एपबाट ४२ प्रकारका सेवा दिने तयारी गरेको हो । हाल २२ प्रकारका सेवाहरु नागरिक एपमा आवद्ध भइसकेको मन्त्रायले जनाएको छ ।

सरकारले गत बैशाखमा सबै प्रकारका सार्वजनिक सेवा मोबाइलबाटै दिने उदेश्यले नागरिक एप सार्वजनिक गरेको थियो ।

हाल एप मार्फत् प्यान, नागरिकता, राहदानी, शैक्षिक विवरण, मतदाता परिचयपत्र, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, सञ्चय कोषको जानकारी लिन सकिन्छ । साथै एप मार्फत् नै गुनासो समेत दर्ता गराउन सकिने व्यवस्था छ ।

एपबाटै नयाँ प्यान नम्बर लिन, सवारी कर तिर्न, प्रहरी चारित्रिक प्रमाणपत्र लिने लगायतका काम गर्न सकिन्छ । अब सरकारी सेवा लिनको लागि नागरिकले नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्र जस्ता विवरण बुझाउनुपर्ने लगायतका झन्झट एपले अन्त्य गरिदिएको दावी सरकारको छ ।