कीवर्डहरू -

एशिया प्रशान्त क्षेत्रमा डिजिटल अर्थव्यवस्था विस्तार गर्नुपर्ने सरोकारवालाहरूको जोड

एशिया प्रशान्त क्षेत्रमा डिजिटल अर्थव्यवस्था विस्तार गर्नुपर्ने सरोकारवालाहरूको जोड

महामारीको समयमा एशिया प्रशान्त क्षेत्रमा डिजिटल अर्थव्यवस्था विस्तार गर्नुपर्ने बताएका छन् । ह्वावेले आयोजना गरेको ‘एशिया प्रशान्तमा समावेशी एकीकरणको लागि डिजिटल अर्थव्यवस्थाको विस्तार - महामारीमा डिजिटल उद्योगहरुलाई जोड्ने’ शीर्षकको वेबिनारमा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

चीनका लागि इन्डोनेसियाका राजदूत हि.अ. डिजौहरी ओरत्मङुनले आफ्नो मुख्य भाषणमा एक नयाँ डिजिटल अर्थव्यवस्थाले यस क्षेत्रलाई आकार दिइरहेको औंल्याए ।

‘डिजिटल रूपान्तरण महामारीको समयमा उल्लेखनीय रूपमा छिटो भएको छ, जसले व्यापार परिवर्तनको गति बढाएको छ,’ उनले भने ।

डिजिटल अर्थव्यवस्थाले क्षेत्रीय जीडीपीमा १ ट्रिलियन अमेरिकी डलर योगदान गर्ने आसियानले भविष्यवाणी गरेको छ । डा. ले कुआङ लानले आसियान सचिवालयका सहायक निर्देशकले डिजिटल अर्थव्यवस्थाको इकोसिस्टम लाई सक्षम बनाउन सामाजिक सुधार र क्षेत्रीय एकीकरण गर्नुपर्ने बताए ।

ह्वावे एशिया प्रशान्तका उपाध्यक्ष जे चेनकाले ह्वावे आईसीटी कनेक्टिभिटी, प्रतिभा सशक्तिकरण र इकोसिस्टम इन्क्युबेसन गरी तीन प्रमुख क्षेत्रमा आसियानको डिजिटल मास्टर प्लान २०२५ लाई सक्षम पार्न प्रतिबद्ध रहेको बताए ।
सिंगापुर नेशनल कमिटी फर प्यासिफिक इकोनोमिक कोअपरेशन (एसआईएनसीपीईसी) का अध्यक्ष डा. टान खी गिअपले प्यानल छलफलमा अर्थतन्त्रलाई डिजिटल बनाउने सामाजिक विचारहरुको महत्वलाई जोड दिए ।

ह्वावेले लामो समयदेखि सबैलाई डिजिटल सीप प्रदान गर्ने काम गरिरहेको छ । ह्वावेले सरकार, विश्वविद्यालयहरु, र गैरसरकारी संस्थाहरुसंग समन्व्य गर्दै आईसीटी क्षेत्रको सशक्तिकरण गर्न १० लाख मानिसहरुलाई तालिम दिन धेरै कार्यक्रम शुरू गरेको छ ।

ह्वावेले आसियान साझेदारहरुसँग मिलेर आसियान डिजिटल मास्टर प्लान २०२५ लाई सक्षम बनाउन र अग्रणी डिजिटल समुदाय र आर्थिक ब्लक निर्माण गर्न प्रतिबद्ध रहेको जेले बताए ।