कीवर्डहरू -

मेगा बैंकमा बचत खाता खोल्दा एनसेलको सीम निःशुल्क पाइने

मेगा बैंकमा बचत खाता खोल्दा एनसेलको सीम  निःशुल्क पाइने

मेगा बैंक नेपाल लिमिटेडको ‘मेगा लोकप्रिय बचत खाता’मा ग्राहकहरुले आकर्षक विशेषताहरु समावेश गरिएको एनसेलको सिम कार्ड निःशुल्क रुपमा प्राप्त गर्ने भएका छन् ।

‘शुन्य मौज्दात’ मा नै खोल्न सकिने यस ‘मेगा लोकप्रिय बचत खाता’ मा ग्राहकहरुले एनसेलद्वारा मेगा बैंकका लागि कस्टमाइज्ड गरिएको सुविधाहरु सहितको सिम कार्ड निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन् ।

बचत खाता खोली बचतको फाइदासँगै थप आकर्षक सुविधाहरु दिन तथा साथीभाई र आफन्तसँगको सम्बन्ध थप प्रगाढ बनोस् भन्ने उद्देश्यले मेगा बैंकले ग्राहकहरुलाई यो अफर ल्याएको जनाएको छ ।

मेगा बैंक र एनसेलको यो सहकार्यका लागि बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ् बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

प्रिलोडेड रुपमा रहेको ५०० एमबी डाटा (इन्टरनेट), ५० मिनेट टक टाइम तथा ५० एसएमएस प्याकेज भएको एनसेलको सिम कार्ड नयाँ खाता खोल्ने ग्राहकहरूका साथसाथै यो निक्षेप योजना अन्तर्गत मेगा स्मार्ट मोबाइल बैंकिङ्ग सुविधा उपभोग गर्ने ग्राहकहरुलाई निःशुल्क उपलब्ध गराइने मेगा बैंकले जनाएको छ ।

साथै, यसरी पाइने सिम कार्डबाट बैंकको मेगा स्मार्ट मोबाइल बैंकिङ्ग र मेगा अनलाइन बैंकिङ्गको प्रयोग गर्न अनलिमिटेड इन्टरनेट सुविधा निःशुल्क उपलब्ध हुनेछ ।

यस ‘मेगा लोकप्रिय बचत खाता’ खोल्नासाथ ग्राहकहरुले प्राप्त गर्ने उक्त सिम कार्डमा मासिक एक सय रुपैयाँ मात्र रिचार्ज गर्नासाथ सम्पूर्ण प्याकेज सहितको सेवाको निरन्तरता हुनेछ ।

यो सेवाको उपभोगसँगै आम ग्राहकहरुले कम लागतमा सञ्चार प्रविधिमा पहुँच, बचतमा प्रोत्साहन एवं डिजिटल प्रविधिमा आधारित बैंकिङ्ग सेवाको विस्तारमा समेत योगदान पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।