कीवर्डहरू -

ग्लोबल आइएमई बैंकले शिक्षकहरुलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउने

ग्लोबल आइएमई बैंकले शिक्षकहरुलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउने

ग्लोबल आइएमई बैंक लिमिटेड र लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रे बीच गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजना सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले काभ्रे जिल्लाका शिक्षकहरुलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउने भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र लियो क्लब अफ काठमाडौं टेम्पल पिसका सल्लाहकार तथा गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजना संयोजक सुदिप न्यौपानेले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजना अन्तर्गत रही लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रेको सिफारिसमा काभ्रेमा अध्यापनरत शिक्षकहरुलाई किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउने छ ।

उक्त प्रक्रियामा शिक्षकहरुले ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड लिएर इजी बाई इजी पे मार्फत सरल किस्ताबन्दीमा सहज तरिकाले ल्यापटप लिन सक्नेछन् । यसका साथै बैंकले काभ्रेका शिक्षकहरुका लागि बैंकिङ्ग साक्षरता सम्बन्धी कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।