कीवर्डहरू -

सन् २०२० मा सबैभन्दा धेरै डाउनलोड हुने एपमा टिकटक, शीर्ष १० मा कुन कुन परे ? 

सन् २०२० मा सबैभन्दा धेरै डाउनलोड हुने एपमा टिकटक, शीर्ष १० मा कुन कुन परे ? 

सन् २०२० मा शर्ट भिडियो शेयरिङ एप टिकटक विश्वभर सबैभन्दा बढी डाउनलोड हुने एपमा पर्न सफल भएको छ । डिजिटल एनालिटिक्स कम्पनी एप एनीका अनुसार २०२० मा टिकटक विश्वको सबैभन्दा धेरै डाउनलोड हुने एप बन्न सफल भएको हो ।

सन् २०१७ मा बाइटडान्सले टिकटकको अन्तर्राष्ट्रिय संस्करण सार्वजनिक गरेको थियो । फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक म्यासेन्जरलाई पछाडी पार्दै टिकटक सबैभन्दा धेरै डाउनलोड हुने बनेको हो ।

टिकटकभन्दा अगाडि धेरै डाउनलोड हुने एपमा फेसबुकको स्वामित्व भएका एप थिए । सन् २०२० मा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने बताएका थिए । तर सत्तामा जो बाइडेन आएपछि उनले ट्रम्पको कार्यकारी आदेश खारेज गरेका थिए ।

टिकटकलाई केही देशले प्रतिबन्ध लगाएपछि पनि टिकटकको लोकप्रियता झनै बढ्दै गइरहेको छ । पहिले ६० सेकेण्डसम्मको भिडियो अपलोड गर्न सकिने टिकटकमा हाल३ मिनेटसम्मको भिडियो अपलोड गर्न सकिन्छ ।

धैरै डाउनलोड हुने एपमा फेसबुकको स्वामित्वमा रहेका एप फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, फेसबुक म्यासेन्जर क्रमशः दोस्रोदेखि पाँचौं स्थानसम्म रहेका छन् ।

त्यस्तै धेरै डाउनलोड हुने एपमा छैटौं स्थानमा स्न्यापच्याट, सातौमा टेलिग्राम, आठौंमा लाइकी, नौऔंमा पिनट्रेष्ट र दशौंमा ट्विटर पर्न सफल भएका छन् ।