कीवर्डहरू -

विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जाल र इडियुरोममा जोडियो त्रिभुवन विश्वविद्यालय

विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जाल र इडियुरोममा जोडियो त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालयको केन्द्रिय क्याम्पस किर्तिपुर विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जाल र इडियुरोमको विश्वव्यापी संञ्जालमा जोडिएको छ ।

विश्वव्यापी अनुन्धान तथा शैक्षिक सञ्जालमा आवद्घताले केन्द्रिय क्याम्पसका विभिन्न संकायले सञ्चालन गर्दै आएको अनुसन्धानका कृयाकलापलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ ।

विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा सन् २०१० देखि अनुसन्धान तथा शैक्षिक सञ्जाल (ट्रान्स युरोसीया इन्फरमेसन नेटवर्क) नेपालमा जोडिएको थियो ।

हाल सम्म नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय लगायत २५ वटा संघ संस्थाहरु यस सञ्जालमा आवद्घ भएका छन् ।

\"\"

इडियुरोम अनुसन्धान र शैक्षिक संघसंस्थाका व्यक्तिहरुलाई विश्वका अन्य संघसंस्थामा पुग्दा सहजै नेटवर्क पहँच उपलव्ध गराउने विश्वव्यापी सेवा हो ।

जस्तै त्रिभुवन विश्वविद्यालयको विद्यार्थी तथा प्राध्यापकहरु नेपालकै वा विदेशको इडियुरोम सेवामा जोडिएको अर्को विश्वविद्यालयमा पुग्दा इन्टरनेट लगाएतका सेवाहरुमा स्वत पहँच स्थापित हुन्छ ।

आफ्नो संस्थामा प्रयोग हुने पासवर्डबाट नै इन्टरनेट लगायतका सेवामा जोडिन सकिनेछ । सन् २००२ देखि यूरोपवाट सुरु भएको इडियुरोम सेवाको मुख्य उद्देश्य अनुसन्धान र शिक्षाका क्षेत्रमा कृयासिल संघ संस्था र व्यक्तिहरुबीच इन्टरनेट लगायतका सेवाहरुमा सहज पहुँच स्थापित गरी अनुसन्धान र शैक्षिक कृयाकलापलाइ सुदृढ गर्नु रहेको छ । इडियुरोम सेवा हाल १०० भन्दा वढि देशहरुमा उपलव्ध भइसकेको छ ।

नेपालका शैक्षिक तथा अनुसन्धान सँग सम्वन्धीत संघ संस्थाहरुलाई एक आपसमा जोडि अनुसन्धान र सहकार्यको वातावरण तयार पार्ने, विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद्घ गर्ने तथा इडियुरोम सेवामा जोड्ने कामको नेतृत्व नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कले गर्दै आएको छ ।