कीवर्डहरू -

दुर्गममा इन्टरनेट पुर्‍याउने सेवा प्रदायकलाई विशेष पुनर्कर्जा उपलब्ध गराइने

दुर्गममा इन्टरनेट पुर्‍याउने सेवा प्रदायकलाई विशेष पुनर्कर्जा उपलब्ध गराइने

नेपाल राष्ट्र बैंकले दुर्गम स्थानमा इन्टरनेट पुर्‍याउने सेवा प्रदायकलाई विशेष पुनर्कर्जा उपलब्ध गराउने भएको छ । शुक्रबार आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले दुर्गम स्थानमा इन्टरनेट पुर्‍याउने सेवा प्रदायकलाई विशेष पुनर्कर्जा उपलब्ध गराउन बताएको हो ।

नीतिमा भनिएको छ, ‘ब्रोडव्याण्ड प्रवर्द्धन गरी सर्वसाधारणमा इन्टरनेटको पहुँच पुर्‍याउने गरी दुर्गम स्थानहरूमा सेवा पुर्‍याउने इन्टरनेट सेवा प्रदायक संस्थालाई विशेष पुनर्कर्जा उपलब्ध गराइने छ ।’

त्यस्तै राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणालीको समग्र इकोसिस्टम विकास र प्रवर्द्धनमा लगानी गर्ने भुक्तानी सेवा प्रदायक तथा भुक्तानी सेवा सञ्चालक र सञ्चार सेवा प्रदायकहरुलाई विशेष पुनर्कर्जा उपलब्ध हुने व्यवस्था गरेको छ ।