कीवर्डहरू -

‍अब अनलाइनबाटै सामाजिक सुरक्षा भत्ता दिइने

‍अब अनलाइनबाटै सामाजिक सुरक्षा भत्ता  दिइने

नेपाल राष्ट्र बैंकले सामाजिक सुरक्षा भत्ता अनलाइनबाटै दिने व्यवस्था गर्ने भएको छ । शुक्रबार आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले सामाजिक सुरक्षा भत्ता अनलाइनबाटै दिने व्यवस्था गर्ने भएको हो ।

नीतिमा भनिएको छ, ‘सरकारी कारोबार गर्ने बैंक शाखाहरूले विद्युतीय भुक्तानीका उपायहरू अबलम्बन गरी सामाजिक सुरक्षा भत्ता सम्बन्धित व्यक्तिले सहजै प्राप्त गर्न सक्ने व्यवस्था मिलाइने छ ।’

यसअघि सामाजिक सुरक्षा भत्ता लिन बैंक शाखासम्म जानुपर्ने बाध्यता थियो । राष्ट्र बैंकले अनलाइनबाटै दिने व्यवस्था गर्ने भएपछि बैंकसम्म जानुपर्ने बाध्यताको अन्त्य हुनेछ ।