कीवर्डहरू -

नासाको पछिल्लो अन्तरिक्ष स्टेसन कार्गाेमा लुनार माटोका लागि थ्रिडी प्रिन्टिङ प्रणाली जाँदै

नासाको पछिल्लो अन्तरिक्ष स्टेसन कार्गाेमा लुनार माटोका लागि थ्रिडी प्रिन्टिङ प्रणाली जाँदै

नासाले पठाएको पछिल्लो अन्तरिक्ष स्टेसन कार्गाेमा लुनार माटोका लागि थ्रिडी प्रिन्टिङ प्रणाली पनि रहेको छ । यसले नासालाई चन्द्रमा र मङ्गल ग्रहको उपनिवेश बनाउन सक्ने भएको छ । यो थ्रिडी प्रिन्टिङ प्रणालीलाई द रेडवायर रेगोलिथ प्रिन्ट भनिन्छ ।

यो प्रणाली र अन्तरिक्ष स्टेसनमा पहिले देखि रहेको म्यान डी नामक प्रिन्टिङ प्रणाली प्रयोग गरेर प्रिन्ट गर्ने प्रयास गरिने जनाइएको छ ।

त्यसपछि आईएसएस समूहले परिणाम पदार्थलाई मूल्याकंन गरेर पृथ्वी बाहेकको कठिन परिस्थितीहरुलाई प्रिन्टले धान्न सक्छ की सक्दैन् भनेर हेरिनेछ ।

यो प्रक्रियामा एकदमै कम गुरुत्वाकर्षणमा प्रिन्ट गरिन्छ । यसले अझै धेरै अन्वेषणहरुका लागि बाटो खोल्नेछ ।