कीवर्डहरू -

के तपाईको मोबाइलको ब्याट्री चाँडै सकिन्छ ? यस्ता छन् लामो समयसम्म जोगाउने तरिका

के तपाईको मोबाइलको ब्याट्री चाँडै सकिन्छ ? यस्ता छन् लामो समयसम्म जोगाउने तरिका

स्मार्टफोन हामी सबैले चलाउने गर्छौं । अहिले धेरैजसो काम मोबाइल फोनमै गरिन्छ । तर फोनको ब्याट्री लामो समय सम्म नचल्न सक्छ ।

आफ्नो मोबाइल फोनको ब्याट्री लामो समयसम्म नटिक्दा काममा समस्या र पटक पटक चार्ज गर्नुपर्ने बाध्यता हुन्छ  ।

यही समस्यालाई लक्षित गरी स्मार्टफोनको ब्याट्री लामो समय सम्म कसरी टिकाउने भनेर आज हामी तपाईंलाई जानकारी दिदैं छौं ।

स्क्रीनको ब्राइटनेस मिलाउने

धेरै प्रयोगकर्ताले फोनमा ब्राईटनेसलाई ‘अटो’ सेटिङ्गमा राख्ने गर्छन् । यो फिचरले गर्दा फोनले अवस्था अनुसार ब्राईटनेसलाई हेरफेर गर्छ ।

अटो ब्राईटनेस प्रयोग गर्दा सजिलो भएता पनि यसले धेरै ब्याट्री खपत गर्न सक्छ । यदी ब्याट्री लामो समय चलाउनु छ भने ब्राईटनेसलाई कम गर्नुपर्ने हुन्छ ।

डिस्प्लेले सबैभन्दा बढी ब्याट्री लिने गर्दछ । ब्याट्री जोगाउन तपाईले फोनमा डार्क मोडको प्रयोग पनि गर्न सक्नु हुन्छ । स्क्रीनको स्क्रीन आउट हुने समय पनि एकदमै थोरै राख्नुपर्छ ।

नचाहिने रेडियो बन्द गर्ने

आजकालको फोनमा एलटीई, एनएफसी, वाईफाई , जीपीएस र ब्लुटुथ हुने गर्दछ तर यिनीहरु मध्ये कुनैलाई पनि २४ घण्टा सम्मनै सुचारु गर्नु हुदैन् । आफ्नो वाईफाई नभएको अवस्थामा फोनले अर्को नजिकैको वाईफाई खोज्न थाल्छ ।

वाईफाईको काम नहुँदा बन्द गरियो भने यसले पनि धेरै ब्याट्री जोगाउन सक्छ । बुलुटुथ डिभाइस सँग जोडिएको छैन भने त्यसलाई सदैव अफ राख्नुपर्छ र जीपीएसलाई पनि नेभिगेसनको बेलामा मात्रै सुचारु गर्नुपर्ने हुन्छ ।

ब्याकग्राउन्ड एप हटाउने

होम बटन वा ब्याक बटन थिचेर मात्रै एप बन्द हुँदैन हामीले डिभाइसको रिसेन्टमा गएर एप बन्द गर्नुपर्छ । यस्तो गर्दा ती एपहरु ब्याकग्राउन्डमा पनि नचल्ने हुन्छन र ब्याट्री पनि जोगिन्छ ।

थुप्रै किसिमको विडजेट्स तथा लाइभ वालपेपर प्रयोग नगर्ने

लाइभ वालपेपर प्रयोग गर्न त सबैलाई रमाइलो लाग्छ तर यसले धेरै मात्रामा ब्याट्री पनि लिदिन्छ र मोबाइललाई ह्याङ्ग गरिदिन पनि सक्छ । विडजेट्समा पनि मौसम र समाचारको जानकारी लिन त सजिलो हुन्छ तर यसले पनि फोनको ब्याट्री धेरै सकाइदिन्छ ।

आफ्नो फोनमा ब्याट्री सेभिङ फिचर खोज्ने

सबै फोनमा ब्याट्री सेभिङ्ग फिचर हुने गर्दछ । सामसङ्मा अल्ट्रा पावर सेभिङ्ग मोड , एचटीसीमा एक्सट्रीम पावर सेभिङ्ग मोड , सोनीमा स्टामिना मोड जस्तै थुप्रै किसिमको ब्याट्री सेभिङ फिचर हुन्छन् । त्यस्तो मोडलाई पहिचान गरेर आफ्नो फोनमा सुचारु गर्नुपर्छ ।

अटोमेटिक एप अपडेट बन्द गर्ने

तपाईले प्लेस्टोरमा अटो एप अपडेटलाई अन गर्नु भएको छ । मानौ कुनै एपको अपडेट आयो तर त्यो समयमा तपाईलाई अपडेटको आवश्यक छैन् ।

तर पनि एप आफै अपडेट हुन्छ । यसले गर्दा अपडेट हुने समयमा ब्याट्रीको आवश्यकता पर्छ । त्यसैले अटो अपडेलाई बन्द गर्नुहोस ।

टच साउन्ड बन्द गर्ने

मोबाइलमा टच गर्दा वा टाइप गर्दा जुन साउन्ड आउछ । त्यो साउन्डलाई बन्द गर्नुहोस ।

किनकि त्यसको कुनै आवश्यकता नै छैन । जुन साउन्ड आवश्यकनै छैन । ति सबै साउन्डलाई अफ गर्नुहोस ।

डुप्लिकेट चार्जर प्रयोग नगर्ने

डुप्लिकेट चार्जर प्रयोग नगर्नुहोस । यसले गर्दा ब्याट्री राम्रो सँग चार्ज नहुने र ब्याट्रीको लाइफ पनि घट्दै जान्छ ।

भ्वाइस असिस्टेन्टलाई बन्द गर्ने

गुगलको गुगल असिस्टेन्ट र आईफोनको सिरीलाई बन्द गर्नुहोस । जसले गर्दा तपाईको फोनमा माइक्रोफोन अन हुन्छ । यसले गर्दा ब्याट्री खपत पनि धेरै हुन्छ ।

मोसन एक्टिभिटी फिचर बन्द गर्ने

यसमा यदि तपाईंले फोन उठाउनु भयो भने फोनको डिस्प्ले आफै अन हुने वा डिस्प्लेमा हात घुमाएपछि डिस्प्ले आफै अन हुने जस्ता सुविधा हुन्छ ।

यसको लागि फरक फरक मोबाइल एप पनि प्रयोग गरिन्छ । यसको प्रयोग नगर्नुहोस । किनभने यसले सेन्सरलाई लगातार अन गर्छ । जसले ब्याट्रीको खपत बढी हुन्छ ।