कुमारी बैंक लिमिटेडले ‘कुमारी स्मार्ट वान मन्थ लगइन च्यालेन्ज’ अभियान शुरु गरेको छ । उक्त अभियानमा लक्की ड्रमार्फत प्रत्येक हप्ता १० जना र महिनाभर ४० जना भाग्यशाली सहभागीले १ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।
साथै अभियानको अन्त्यमा कुमारी स्मार्ट प्रयोगकर्ता मध्ये १ जनाले १० हजार नगद प्राप्त गर्न सक्नेछन् । यस अभियानमा सहभागी हुन ग्राहकहरुले सो अभियान शुरू भएको १ महिनासम्म कुमारी स्मार्ट एप चलाएको हुनुपर्नेछ ।
अभियान अवधिमा एममार्फत खातको विवरण हेर्ने, टपअप गर्ने, बिल भुक्तानी गर्ने, क्यूआर भुक्तानी र बैंक ट्रान्सफर गर्नुपर्ने बैंकले जनाएको छ ।
डिजिटल प्रणालीमार्फत बैंकिङ्ग कारोबारलाई प्रोत्साहन गर्न यस्तो अभियान संचालन गरिएको बैंकले जनाएको छ ।