कीवर्डहरू -

नवौं राष्ट्रिय विज्ञान दिवसका लागि उपयुक्त कार्यक्रम र नारा पठाउन आग्रह, यस्तो छ पठाउने तरिका

नवौं राष्ट्रिय विज्ञान दिवसका लागि उपयुक्त कार्यक्रम र नारा पठाउन आग्रह, यस्तो छ  पठाउने तरिका

सरकारले नवौं राष्ट्रिय विज्ञान दिवसको तयारी शुरू गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ‘नवौं राष्ट्रिय विज्ञा दिवस, २०७८’ को अवसरमा गर्न सकिने कार्यक्रमहरू तथा उपयुक्त हुने नारा पठाउन आग्रह गरेको छ ।

मन्त्रालयले विश्वविद्यालय, शैक्षिक संस्था, निजी अनुसन्धान संस्था, नवप्रवर्तक तथा अन्य सरोकारवाला संस्थाहरूबाट नवौं राष्ट्रिय विज्ञा दिवस, २०७८ को अवसरमा आ-आफ्ना निकायहरूबाट गर्न सकिने भदौ १० भित्र प्रस्तावित कार्यक्रमहरू तथा नारा पठाउन अनुरोध गरेको छ ।

प्रस्तावित कार्यक्रम तथा नारा [email protected] इमेलमा पठाउन सकिने छ । बिं.स. २०७० देखि हरेक वर्ष असोज १ गते विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय विज्ञान दिवस मनाइँदै आएको छ ।

हेर्नुहोस् मन्त्रालयको सूचना