कीवर्डहरू -

हिमालयन बैंकको कार्ड नेटवर्कमा अब डाइनर्स क्लब कार्ड

हिमालयन बैंकको कार्ड नेटवर्कमा अब डाइनर्स क्लब कार्ड

हिमालयन बैंक लिमिटेड र डिस्कभर्स फाइनान्सियल सर्भिसेजको भागिनी संस्था डाइनर्स क्लब अन्तर्राष्ट्रिय बीच कार्ड जारी गर्ने सम्झौता भएको छ ।

नेपालमा हिमालयन बैंकद्वारा डाइनर्स क्लब कार्ड जारी तथा स्वीकार गर्ने तथा डाइनर्स क्लब अन्तर्राष्‍ट्रियको कार्ड स्विकार गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पत्रमा हस्ताक्षर भए पश्चात बैंकले डाइनर्स क्लब कार्ड चाडै नै आफ्नो कार्ड नेटवर्कमा स्विकार गर्ने छ ।

बैंकले प्रारम्भमा उक्त कार्ड आफ्ना १४६ एटीएम तथा ५००० भन्दा बढी पस टर्मिनलहरूमा स्विकार गराउने बताएको छ ।

यसबाट डाइनर्स क्लब अन्तराष्ट्रिय, डिस्कभर्स र त्यसका भारत, दक्षिण कोरिया, ब्राजिल, टर्कीका गठबन्धन संजालबाट जारी भएका कार्डहरू नेपाल भ्रमण गर्दा हिमालयन बैंकको एटीएम तथा पस टर्मिनलका संजालमा प्रयोग गर्न सक्नेछन् । त्यसका साथै दोश्रो चरणमा बैंकले उक्त कार्डहरु नेपालमा नै स्थानीयहरुको लागि जारी गर्ने बताएको छ ।