कीवर्डहरू -

दिगो मोबिलिटीको लागि एप्याक रेलवे डिजिटलाइजेशन गर्दै ह्वावे

दिगो मोबिलिटीको लागि एप्याक रेलवे डिजिटलाइजेशन गर्दै ह्वावे

ह्वावे एशिया–प्रशान्त रेलवे फोरम २०२१ सम्पन्न भएको छ । ‘स्मार्ट रेल, बेटर फ्युचर मोबिलिटी’ थीममा आयोजना भएको कार्यक्रम सम्पन्न भएको हो ।

फोरममा सहभागीहरूले शहरी मास ट्रान्जिट प्रणालीको लागि परिचालन दक्षता प्राप्त गर्न इनोभेशनको अन्वेषण, जसमा विशेषत: ड्राइभरलेस संचालन र कार्यप्रवाह व्यवस्थापनको बारेमा बताएका थिए ।

यस कार्यक्रमले एप्याक क्षेत्रभरबाट १३०० भन्दा बढी रेलवे उद्योगका ग्राहक, साझेदार, विशेषज्ञहरु र मिडियाको उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्यानल सत्रमा, डिजिटल रूपान्तरण र व्यापार इनोभेसन, स्मार्ट  कोर्पोरेसन लिमिटेडका प्रमुख क्वेक हेन चीले सिंगापुरमा धेरैजसो मानिसहरुले आफ्नो समुदायको जीवन शैलीलाई ग्रीनर यातायातका माध्यमहरुमा ढालिसकेको र आफ्नो सामाजिक जिम्मेवारीलाई शहरी वातावरणमा सार्वजनिक यातायात प्रयोग गरी योगदान गर्ने गरेको आफ्ना अवलोकन प्रष्ट पारेका थिए ।

‘मलाई लाग्छ प्रविधि तयार छ । एउटा चुनौती यो हो कि हामी कसरी कार्यस्थल, श्रमशक्ति र तदनुसार कार्य प्रक्रियाहरुलाई रूपान्तरण गर्छौं,’ उनले भने ।

ह्वावे एप्याक इन्टरप्राइज बिजनेस ग्रुपका वरिष्ठ उपाध्यक्ष आरोन वांगले महामारीले ल्याएका चुनौतिहरुलाई सम्बोधन गर्दै यस्तो चुनौतीहरुलाई सबै उद्योगहरुको लागि अवसरमा रुपान्तरण गरिएको बताए ।

‘ग्लोबल आईसीटी सोलुसन प्रदायकको रूपमा ह्वावेले सिंगापुरको भूमि यातायात प्राधिकरण (एलटिए), हंग कंग एमटिआर, टर्की टीसीडीडी र जर्मनीको ड्च बान (डिबी) जस्ता ग्राहकहरुलाई परम्परागत पूर्वाधारसंग नयाँ प्रविधि एकीकृत गरी डिजिटलाइजेशनको गति बढाउनमा मद्दत गर्दछ । हामीलाई विश्वास छ कि भविष्यमा रेलवे डिजिटलाइजेशनले राम्रो मोबिलिटीको नेतृत्व गर्नेछ,’ वांगले भने ।

ग्लोबल रेल बिजनेस अरुपका निर्देशक टीसी च्युले डिजिटलीकरणमा तीन प्रमुख प्रवृत्तिहरु डाटा, एनालिटिक्स, र संचार शेयर गरेका थिए ।

उनले भने ‘वास्तवमा रेलवेको लागि प्रविधिको भ्यालुलाई बढाउने ताकत ती मानिसहरुसंग छ जो वास्तवमा यी प्रविधिहरु प्रयोग गर्दै छन् र कुनै प्रविधिहरुमा उपलब्ध रहने डाटाको फाइदा लिदै छन् र त्यसपछि कसरी केहि मात्रामा इन्टेलिजेन्स लगाई हाम्रो दैनिक रेल संचालन र हाम्रा सम्पत्तिहरुको रेखदेख र सेवा वितरणको बारेमा अझ राम्रो निर्णय लिनमा मद्दत गर्न सकिन्छ ।’

शेन्जेन मेट्रोको मेट्रो स्टेशन डिजिटल इनोभेशन स्टुडियोका निर्देशक चांगक्वान लुओले यसको डिजिटलकरण रणनीतिको पृष्ठभूमिको व्याख्या गरे ।

यो यातायातको सुदृढीकरण र उच्च गुणस्तरीय विकासको सुनिश्चित गर्न, डिजिटल इन्टेलिजेन्ट सक्षमतालाई ध्यान दिएर, परिचालन उत्कृष्टता र शहरहरुमा सेवा प्रदान गर्नको लागि व्यापक राष्ट्रिय आवश्यकताहरुलाई पूरा गर्ने लक्ष्यमा निर्भर रहेको उनले बताए ।

ह्वावेले एप्याक र फराकिलो संसारमा रेलवे उद्योगको लागि सुरक्षित, खुला र इन्टेलिजेन्ट उत्पादन र सोलुसनहरुको इनोभेशन गर्नमा प्रतिवद्धता जनाएको छ ।

साथै डिजिटल रूपान्तरण सुविधा दिन र हरेक ट्राफिक र यातायात प्रणालीलाई धेरै विश्वसनीय, अधिक कुशल, सुरक्षित र ग्रीन बनाउनको  प्रतिबद्ध रहेको कम्पनीले बताएको छ ।