कीवर्डहरू -

दराजमल फेस्टिभल शुरू, छुटका साथै बम्पर उपहारमा एमआई ११ एक्स प्रो फाइभजी जित्न सकिने

दराजमल फेस्टिभल शुरू, छुटका साथै बम्पर उपहारमा एमआई ११ एक्स प्रो फाइभजी जित्न सकिने

दराजले बुधबारदेखि ‘दराजमल फेस्टिभल’ शुरू गरेको छ । भदौ २ गतेदेखि भदौ ८ गतेसम्म दराज मल फेस्टिभल सञ्चालन हुनेछ ।

यस योजना अन्तर्गत ग्राहकले एड टु कार्ट, वेलकम गिफ्ट, मेगा भौचर, बैंक कार्डमार्फत अनलाइनको अग्रिम भुक्तानीमा १५ प्रतिशत (५०० रुपैयाँसम्म) छुट पाउन सक्ने छन् ।

दराजले दराजमल फेस्टिभलमा बम्पर उपहारको पनि व्यवस्था गरेको छ । जसमा साओमी एमआई ११ एक्स प्रो ५ जी तथा निःशुल्क डेलिभरी लगायतका थुप्रै पुरस्कार जित्ने अवसर छ ।

दराजमलमा ३०० बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरु खरिद गर्दा बैंकको डेबिट र क्रेडिट कार्डबाट अग्रिम भुक्तानीमा १५ प्रतिशत छुट पाउन सक्ने दराजले जनाएको छ ।

बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गर्ने दिनहरु पनि दराजले छुट्याएको छ । जसअन्तर्गत सोमबार सानिमा बैंकको क्रेडिट कार्डबाट १५ प्रतिशत र डेबिट कार्डबाट १० प्रतिशत छुट पाउन सकिन्छ ।

बुधबार एनआईसी एशिया बैंकको क्रेडिट कार्डबाट १५ प्रतिशत र डेबिट कार्डबाट १० प्रतिशत छुट पाउन सकिने दराजले जनाएको छ ।

यसैगरी, बिहीबार माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालय बैंकका ग्राहकले कार्डमार्फत भुक्तानी गर्दा छुट पाउने छन् भने शुक्रबार नबिल बैंकमार्फत अधिकतम १० प्रतिशत र शनिबार स्टान्डर्ड चार्टर्ड बैंकमार्फत अधिकतम ५०० रुपैयाँ छुट पाइने कम्पनीले जनाएको छ ।

यस्तै, पहिलोपटक भिसा कार्डमार्फत भुक्तानी गर्ने दराजका ग्राहकले २० प्रतिशतसम्म छुट पाउने भएका छन् भने भिसा डेबिट कार्डमार्फत अग्रिम भुक्तानी गरेमा १५ प्रतिशत छुट पाइने दराजले जनाएको छ ।

दराजको यस योजनामा एनआईसी एशिया, सनराइज, सिटिजन्स र माछापुच्छ्रे बैंकका ग्राहकले सजिलो मासिक किस्ता सेवामार्फत सपिङको सुविधा पाउने छन् । यसैगरी, दराजमार्फत विभिन्न कम्पनीले ४० प्रतिशतदेखि ६५ प्रतिशतसम्मको छुटको प्रस्ताव गरेका छन् ।

यस योजनामा सहभागीलाई दराजले बम्पर उपहारको पनि व्यवस्था गरेको छ । जसमा ग्राहकहरुले ६४ हजार ९९९ मूल्यको साओमी एमआई११ एक्स प्रो फाइभ जी मोबाइल बम्पर उपहारको रुपमा जित्ने छन् ।