कीवर्डहरू -

गूगल फोटोजमा राखेको फोटोलाई कसरी लुकाउने र पासवर्डले सुरक्षित गर्ने ? 

गूगल फोटोजमा राखेको फोटोलाई कसरी लुकाउने र पासवर्डले सुरक्षित गर्ने ? 

गूगल फोटोजलाई धेरै प्रयोगकर्ताहरुले फोटो तथा भिडियो स्टोर गर्न लागि प्रयोग गर्ने गर्दछन् । स्मार्टफोनबाट खिचिएको धेरैजसो फोटो हामी गूगल फोटोमा स्टोर गर्ने गर्दछौँ । त्यही कारणले मिडया कन्टेन्टलाई थप सुरक्षा दिन गूगलले नयाँ फिचर ल्याएको छ ।

पिक्सेल स्मार्टफोनमा गूगलले लक्ड फोल्डर नामक फिचर ल्याएको छ जसले कोही अरुले हेर्न नमिल्ने फोटोहरुलाई स्टोर गर्न दिन्छ । यसमा विशेष गरी निजी कन्टेन्टहरु स्टोर गर्ने गरिन्छ ।

यसमा स्टोर गरिएको फोटोलाई तपाईको फोनको लक स्क्रीन पासकोडले सुरक्षित गरिएको हुन्छ । यसमा राखिएको फोटो अरु फोटोको ग्रिडमा पनि आउँदैन् । कम्पनीले यो फिचर यो वर्षको अन्तयसम्ममा सबै एन्ड्रोइड फोनहरु प्नि उपलब्ध गराउने बताएको छ ।

निजी फोटोहरुलाई लुकाउन तलको प्रक्रिया प्रयोग गर्न सकिन्छ । सर्वप्रथम गूगल फोटोज एप खोल्नुपर्छ । त्यसपछि स्क्रीनको तल्लो दायाँ भागमा रहेको लाइब्ररी आईकनमा क्लिक गर्नुपर्छ ।

यसपछि युटिलिटिज भन्ने अप्सनमा क्लिक गरेर लक्ड फोल्डरमा थिच्नुपर्छ । लक्ड फोल्डरलाई सेटअप गर्नका निम्ति तपाईले सुरुमा आफ्नो डिभाइसको पासकोड हालेर अनलक गर्नुपर्छ । यति गरेपछि तपाईले आफ्नो निजी फोटोहरु फोल्डरमा राख्न सक्नुहुनेछ ।

लक्ड फोल्डरमा फोटोहरु कसरी लैजाने ?

लक्ड फोल्डरमा लग्नुपर्ने फोटोमा थिचेर त्यो फोटोलाई खोल्नुपर्छ । त्यसपछि माथिल्लो दायाँ भागमा रहेको तीन ओटा थोप्लो वाला आइकनमा क्लिक गर्नुपर्छ । यसपछि मुभ टू लक्ड फोल्डर भन्ने अप्सन सेलेक्ट गरेर लक्ड फोल्डरमा फोटोहरु लान सकिन्छ ।