कीवर्डहरू -

रियलमीको पहिलो ल्यापटप ‘रियलमी बुक’ सार्वजनिक

रियलमीको पहिलो ल्यापटप ‘रियलमी बुक’ सार्वजनिक

रियलमीले आफ्नो पहिलो ल्यापटप रियलमी बुक सार्वजनिक गरेको छ । टुके डिस्प्लेसहित रियलमीले बुधबार रियलमी बुक सार्वजनिक गरेको हो ।

रियलमी बुकमा १४.९ एमएम मेटल बडी रहेको छ । यो हरियो र खैरो रंगमा दपलब्ध हुनेछ । १४ इन्चको डिस्प्ले रहेको यस ल्यापटपमा टुके फुल भिजन डिस्प्ले राखिएको छ ।

यसमा सुरक्षाका लागि कोर्निङ गोरिल्ला ग्लास उपलब्ध छ । ९० प्रतिशत स्क्रिन टु बडी रेसियो रेको रियलमी बुकमा ३:२ को एसपेक्ट रेसियो रहेको छ ।

रियलमी बुकमा ११ औं पुस्ताको इन्टेलको प्रोसेसर राखिएको छ । यसमा डुअल फ्यान कुलिङ सिस्टम रहेको छ । ल्यापटपमा १६ जीबीसम्म एलपीडीडीआर फोरएक्स र्‍याम र ५१२ जीबी एसएसडी सम्म स्टोरेज रहेको छ ।

६५ वाट सुपर फास्ट चार्ज प्रविधिको रहेको रियलमी बुकले ११ घण्टा ब्याट्री लाइफ दिने कम्पनीको दावी छ । यो ल्यापटप आई फाईभ र आई थ्री भर्सनमा उपलब्ध छ ।

यसमा ३.५ एमएम इयरफोन, टाइप ए पोर्ट, टाइप सी पोर्ट, वाईफाई सिक्स, थन्डरबोर्ड लगायतका सुविधा छन् । साथै नोइज क्यानसिलेसनको सुविधा पनि रहेको छ ।

यसमा विन्डोज १० प्रि इन्स्टल गरिएको छ । यसमा पीसी कनेक्टको फिचर पनि छ, जसले ल्यापटपमा आफ्नो फोन सिंक गर्न सकिन्छ । रियलमी बुकको शुरूवाती मूल्य ७४९ अमेरिकी डलर रहेको छ ।